मोबाइल वालेटमार्फत् गरिएको कारोबार रकम एक महिनामा १ अर्ब ७४ करोड रुपैयाँले घट्यो

  • Technology Khabar | ३० फाल्गुन २०७८, सोमबार
मोबाइल वालेटमार्फत् गरिएको कारोबार रकम एक महिनामा १ अर्ब ७४ करोड रुपैयाँले घट्यो

काठमाडौं ।

मोबाइल वालेट मार्फत् गरिएको कारोबार रकम एक महिनामा १ अर्ब ७४ करोड रुपैयाँले घटेको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मासिक प्रतिवेदन अनुसार मोबाइल वालेटमार्फत् पुष महिनाभरीमा १६ अर्ब २७ करोड ६० लाख रुपैयाँको कारोबार भएकामा माघ मसान्तसम्मको एक महिनाको अवधिमा भने घटेर १४ अर्ब ५३ करोड ६० लाख रुपैयाँ पुगेको छ।

एक महिनाअघिको तुलनामा यो आँकडा १ अर्ब ७४ करोड रुपैयाँले घटी हो।

कारोबार रकमजस्तै यो अवधिमा कारोबार सङ्ख्यामा पनि उल्लेख्य कमी आएको छ।

मोबाइल वालेट मार्फत् गरिएको कारोबार पुष मसान्तसम्म १ करोड ३७ लाख १२ हजार २०६ रहेकोमा माघ मसान्तसम्म आइपुग्दा १ करोड २९ लाख ५७ हजार ३५३ मा झरेको छ।

यो संख्या एक महिना अघि अर्थात् पुष मसान्तसम्मको  तुलनामा ७ लाख ५४ हजार ८५३ ले घटी हो।

प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ३० फाल्गुन २०७८, सोमबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ३० फाल्गुन २०७८, सोमबार

NOC from Nagarik App

  • ३० फाल्गुन २०७८, सोमबार

E-pension verification system launched

  • ३० फाल्गुन २०७८, सोमबार