हाइपरसोनिक विमान स्टार्टअप हर्मिअसद्वारा प्रोटोटाइप सम्पन्न गर्न १० करोड डलर संकलन

  • Technology Khabar | २९ फाल्गुन २०७८, आईतवार
हाइपरसोनिक विमान स्टार्टअप हर्मिअसद्वारा प्रोटोटाइप सम्पन्न गर्न १० करोड डलर संकलन

काठमाडौं ।

हाइपरसोनिक विमान स्टार्टअप हर्मिअसले १० करोड डलर संकलन गरेको घोषणा गरेको छ।

कम्पनीले आफ्नो पहिलो प्रोटोटाइप विमानको काम सकाएर उच्च गतिका जेट निर्माण गर्नका लागि फण्डिङ राउन्ड अन्तर्गत उक्त परिमाणको रकम संकलन गरेको बताएको हो।

हर्मिअसको कोष संकलन कार्य भेन्चर क्यापिटालिस्ट साम अल्टम्यानले आयोजना गरेका थिए भने त्यसमा पिटर थिएलको फाउन्डर्स फण्ड तथा इन-क्यू-टेल पनि सहभागी भएका थिए।

कम्पनीले समाचार संस्था सीएनबीसीले मूल्याङ्कनका बारेमा सोधेको प्रश्नको भने जवाफ नदिएको बताइएको छ।

‘हर्मिअसले एउटा महत्वाकांक्षी उद्देश्य पछ्याइरहेको छ जुन शुरुवातमा असम्भव देखिन्छ, तर यसलाई इन्जिनियरिङ कल्चर र व्यावसायिक तालिकासँग जोडेपछि यसलाई मूर्तरुप दिन सकिने देखिएको छ’, अल्टम्यानले विज्ञप्तिमा उल्लेख गरेका छन्।

एटलान्टामा रहेको उक्त कम्पनीले ध्वनिभन्दा पाँच गुणा छिटो उड्ने विमानको विकास गरिरहेको छ। सन् २०१८ मा स्थापना भएको हर्मिअसलर् आफ्नो चिमेरा इन्जिन तथा क्वार्टरहर्स प्रोटोटाइप विमान बनाउँदै आएको छ।

प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...