
काठमाडौं ।
अनलाइन फूड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुका लागि ३ को कमाल क्यासब्याक धमाल नामक योजना ल्याएको छ।
फुडमाण्डुले इसेवासँगको सहकार्यमा नयाँ योजना ल्याएको हो जसमा इसेवमार्फत भुक्तानी गर्दा अफर प्राप्त हुनेछ।
फुडमाण्डुको कुनैपनि ३ ओटा अर्डरपछि इसेवामार्फत भुक्तानी गर्दा ग्राहकले २० प्रतिशत वा ७५० रुपैयाँसम्मको क्यासब्याक रकम प्राप्त गर्नेछन्।
यसको लागि पहिलो ३ ओटा अर्डरहरु भने ग्राहकले इसेवामार्फत नै गर्नुपर्ने छ भने क्यासब्याक रकम ३ ओटा अर्डर मूल्यको आधारमा प्राप्त गर्नेछन्। यस्तो क्यासब्याक रकम ग्राहकले ७ दिनपछि इसेवा वालेटमा नै फिर्ता प्राप्त गर्ने बताईएको छ।
यो योजना यहि मार्च ३१ तारिखसम्म लागु हुने बताईएको छ।
फुडमाण्डुले औपचारिकरुपमा नबताएपनि ग्राहकहरुलाई भने यो प्रबर्द्धनात्मक अभियानको बारेमा जानकारी दिईरहेको छ।
प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार