विद्युतीय उपकरण प्रयोगले अर्थतन्त्रमा महत्वपूर्ण सहयोगः ऊर्जा मन्त्री

Technology Khabar २९ फाल्गुन २०७८, आईतवार

विद्युतीय उपकरण प्रयोगले अर्थतन्त्रमा महत्वपूर्ण सहयोगः ऊर्जा मन्त्री
फाइल तस्बिर

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय उपकरण प्रयोगले अर्थतन्त्रमा महत्वपूर्ण सहयोग पुग्ने बताएकी छन्। विदेशी मुद्राको सञ्चितिलाई सन्तुलित राख्न र जलविद्युतको भरपुर उपभोग गरेर देशको आर्थिक अवस्था उकास्न उनले सर्वसाधारणलाई आग्रह गरिन्।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले विद्युतीय सवारीसाधन तथा चुलो प्रयोग गर्न आग्रह गरेकी छन्।

ग्यासको सट्टा इन्डक्सन चुलो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युतको महसुल घटाएको चर्चा गर्दै मन्त्री भुसालले भनिन्, “विद्युतीय चुल्हो प्रयोग गरौँ। त्यो ग्यासभन्दा सस्तो छ”

मन्त्री भुसालले आगामी दिनमा तिनको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्नेमा उनको जोड थियो।

हाल एक सिलिन्डर ग्यासको मूल्य एक हजार ५७५, पेट्रोल प्रतिलिटर १५० र डिजल प्रतिलिटर १३३ रुपियाँ छ।

प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया