मलेसियाले बुधबार ५जी बारेको मन्त्रिपरिषद्को निर्णय घोषणा गर्ने

  • Technology Khabar | २९ फाल्गुन २०७८, आईतवार
मलेसियाले बुधबार ५जी बारेको मन्त्रिपरिषद्को निर्णय घोषणा गर्ने

काठमाडौं ।

मलेसियाको सरकारले यसै साता एकल राज्य सञ्चालित ५जी नेटवर्कको लागि आफ्नो योजना अगाडि बढाउने कि नबढाउने भन्ने बारे आफ्नो निर्णय घोषणा गर्ने सञ्चार मन्त्रीले शुक्रबार बताए।

दूरसञ्चार कम्पनीहरूले मूल्य निर्धारण र अन्य विषयमा चासो व्यक्त गरेपछि शुक्रबार मन्त्रिपरिषद्ले उक्त योजनामाथि छलफल गर्ने तयारी थियो।

रोयटर्सकाअनुसार मलेसियाली मन्त्री अन्नुर मुसाले एक टेक्स्ट मेसेजमा उनले बुधवार निर्णय घोषणा गर्न पत्रकार सम्मेलन गर्ने जानकारी दिएका थिए।

उनले मन्त्रिपरिषद्मा पेश गरेको विवरण गोप्य भएकाले खुलाउन अस्वीकार गरे।

अपरेटरहरू र फाइभजी तैनाथी गर्ने राज्यको एजेन्सी डिजिटल नेसनल बर्हाडबीचको गतिरोध पछि डिसेम्बरमा मोबाइल क्यारियरहरूले सरकारलाई दोस्रो फाइभजी प्रदायकलाई अनुमति दिन सिफारिस गरेको स्रोतहरूलाई उदृत गर्दै रिपोर्टमा भनिएको छ।

योजनाले मलेसियाको राष्ट्रिय एकाधिकारले ५जी प्रयोग गर्नु बढी महँगो हुनेमा क्यारियरहरू चिन्तित छन्।

प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार