नबिल बैंकद्वारा एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन

  • Technology Khabar | २८ फाल्गुन २०७८, शनिबार
नबिल बैंकद्वारा एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन

काठमाडौं ।

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्र्तगतका साना तथा मझौला ऋणीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने हेतूका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ।

बैंकले आफना ग्राहकवर्गहरुको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश गरी नेपाली उत्पादनको प्रर्वद्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सूमन शाक्य लाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो प्रयासको रुपमा रहेको छ।

इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ऋणी ग्राहकहरुको उपस्थिति रहेको थियो। करिब चार घण्टा संचालन गरिएको उक्त कार्यक्रमको समीक्षा गर्दै सहभागी ग्राहकहरुले यस किसिमको तालिमले आफनो व्यवसायिक क्षमता वृद्धिको लागी अति नै उपयोगी भएको साथै एक आपसमा अनुभव तथा ज्ञानको आदान प्रदान भएको महशुस गरेको बताए।

नबिल बैंकले आफनो एसएमई ग्राहकवर्गहरुको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश एवं बिस्तारका साथै बैंक र ग्राहक बिचको द्विगो सम्बन्धलाई लक्षित गर्दै यस किसिमको तालिम आयोजना गरेको र आगामी दिनमा समेत यस्ता किसिमका ग्राहकमुखी कार्यक्रमहरु संचालन गरिने बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभागका प्रमूख निरज कुमार बस्नेत डनिलले बताए। साथै, यस्ता किसिमका ग्राहकमूखी कार्यक्रमहरु संचालन गरी बैंकले नाफारहित बैंकिङ्गको अवधारणा अनुरुप आफ्नो द्विगो बैंकिङ्गको लक्ष्य प्राप्ति गर्ने बताए।

प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार