ह्वावेको नयाँ स्मार्टफोन ह्वावे नोभा ९ एसई सार्वजनिक

  • Technology Khabar | २८ फाल्गुन २०७८, शनिबार
ह्वावेको नयाँ स्मार्टफोन ह्वावे नोभा ९ एसई सार्वजनिक

काठमाडौं ।

टेक जायन्ट ह्वावेले आफ्नो नयाँ स्मार्टफोन ह्वावे नोभा ९ एसई (Huawei Nova 9 SE) सार्वजनिक गरेको छ। कम्पनीले यो स्मार्टफोन चीन र मलेसियाको बजारमा लन्च गरेको हो।

यसलाई फोरजी एलटीई कनेक्ट भएको सस्तो स्मार्टफोनको रूपमा लन्च गरिएको छ। यसमा स्न्यापड्रागन ६८० प्रोसेसर र ६.७८ इन्चको आईपीएस एलसीडी डिस्प्ले दिइएको छ। फोनमा क्वाड रियर क्यामरा सेटअप छ जसमा १०८ मेगापिक्सेलको प्राइमरी सेन्सर दिइएको छ।

ह्वावे नोभा ९ एसईको मूल्य र उपलब्धता

ह्वावे नोभा ९ एसईको मूल्य मलेशियामा १,०९९ रिंगिट छ। मलेसियामा, यो एकल ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टमा लन्च गरिएको छ। यसका लागि प्रि-अर्डर सुरु भएको छ जुन मार्च १८ सम्म चल्नेछ।

यो फोन चीनको ह्वावेको अनलाइन रिटेलर भीमलमा पनि सूचीबद्ध गरिएको छ। चीनमा यो स्मार्टफोन ८ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा लन्च गरिएको छ। यो क्रिस्टल ब्लू, पर्ल ह्वाइट र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध हुनेछ।

ह्वावेको यो मिड रेन्जको फोन अन्य बजारमा उपलब्ध हुन्छ वा हुँदैन भन्ने कुनै जानकारी छैन्।

ह्वावे नोभा ९ एसईका  विशिष्टताहरू

ह्वावे नोभा ९ एसईमा सेन्टर पंच होल कटआउटको साथ ६.७८ आईपीएस एलसीडी डिस्प्ले राखिएको छ। यो ९० हर्जको रिफ्रेस दर र २४० हर्जको टच  रेट भएको फूलएचडी प्लस प्यानल हो। ह्वावे नोभा ९ एसई एक डुअल सिम फोन हो। यसमा क्वालकमको स्न्यापड्रागन ६८० प्रोसेसर राखिएकोछ।

१०८ मेगापिक्सेल क्यामरा

क्यामरातर्फ फोनको रियर प्यानलमा क्वाड क्यामरा सेटअप दिइएको छ जसमा प्राइमरी लेन्स १०८ मेगापिक्सेलको छ । यसको सेकेन्डरी लेन्स ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स हो। यसबाहेक यसमा २ मेगापिक्सेलको डेप्थ सेन्सर र २ मेगापिक्सेलको म्याक्रो क्यामरा पनि दिइएको छ। फोनमा १६ एमपी फ्रन्ट क्यामरा छ।

अन्य ह्वावे फोनहरू जस्तै, यसले पनि गुगल एप र सेवाहरूलाई समर्थन गर्दैन।

यसको ब्याट्री क्षमता ४,००० एमएएच छ जसमा ६६ वाटको फास्ट चार्जिंगको लागि सपोर्ट छ। कनेक्सनका लागि, फोनले वाईफाई ८०२.११एसी, ब्लुटुथ ५.०, जीपीएस, एनएफसी र यूएसबी टाइप-सी समर्थन गर्दछ। फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर पनि छ।

प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार