गुगल र फेसबुक बिचको ‘जेडी ब्लू’ विज्ञापन सम्झौतामा ईयू र बेलायतको छानबिन

  • Technology Khabar | २८ फाल्गुन २०७८, शनिबार
गुगल र फेसबुक बिचको ‘जेडी ब्लू’ विज्ञापन सम्झौतामा ईयू र बेलायतको छानबिन

काठमाडौं ।

ईयू तथा बेलायती प्रतिस्पर्धा नियामकले गुगल र फेसबुकबिच २०१८ मा भएको विज्ञापन सम्झौतामाथि छुट्टाछुट्टै छानबिन गर्ने भएका छन्।

यी दुई अमेरिकी प्रविधि कम्पनीहरुले थुप्रै नियामकहरुबाट चुनौती खेपिरहेका बेला अरु दुई ओटा थपिने भएका हुन्। यो निर्णय दुवै नियामकले शुक्रबार गरेका रोयटर्सले जनाएको छ।

अल्फाबेट इंकको गुगल तथा मेटा अन्तर्गतको फेसबुकले जेडी ब्लू नामक उक्त सम्झौताको बचाउ गरेका छन्।

ईयूले यी दुई प्लेटफर्मलाई अनलाइन विज्ञापन देखाउन बन्द गर्ने र यसबाट विज्ञापनदातालाई मर्का पर्न सक्ने चेतावनी दिएको छ।

जेडी ब्लू सम्झौताले मेटालाई मेटा अडियन्स नेटवर्कमार्फत् गुगलको ओपन बिडिङ कार्यक्रममा सहभागी हुन सहयोग गराउने बताइएको छ।

‘गुगलको ओपन बिडिङको प्रतिस्पर्धी प्रविधिले पब्लिशरका वेबसाइट र एपमा विज्ञापन देखाउन रोकेर बजारबाट हटाउनका लागि यो प्रपञ्च रचेको हुनसक्छ’, ईयू प्रतिस्पर्धाविरोधी नियामक संस्थाका प्रमुख मार्ग्रेथ भेस्टागरले विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार