कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम एक महिनामा १ अर्ब रुपैयाँभन्दा बढीले घट्यो

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं ।

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा १ अर्ब १० करोड रुपैयाँभन्दा बढीले घटेको छ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को माघ महिनासम्मको चालु स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार कनेक्टआईपीएसमार्फत् पुष महिनाभरी ३१ लाख ४५ हजार ९५९ कारोबार भएकामा यो सङ्ख्या माघ मसान्तसम्ममा आइपुग्दा ५ हजार ७७९ ले घटेर ३१ लाख ४० हजार १८० मा झरेको छ।

कारोबार सङ्ख्या घटेसँगै कारोबार रकममा पनि गिरावट आएको देखिएको छ।

मंसिर मसान्तसम्म २ खर्ब ४७ अर्ब ४७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएकामा यो रकम एक महिनाको अवधिमा अर्ब १० करोड ५१ लाख घटेर २ खर्ब ३६ अर्ब ४२ करोड ३० लाखको आँकडामा झरेको छ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया