
काठमाडौं ।
चीनले अमेरिकाबाट रुस, बेलारुस तथा यूक्रेनमा साइबर हमला गर्न आफ्ना कम्प्युटरहरु प्रयोग भएका जनाएको छ।
चीनका अनुसार गत फेब्रुअरीयता अमेरिकी वेब एड्रेसहरुले चिनियाँ कम्प्युटर नियन्त्रणमा लिएर तिनीहरुमार्फत् ती देशहरुमा साइबर हमला गर्ने गरेको पाइएको सिन्ह्वालाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
चीनले देशमा साइबर सुरक्षा जोखिम पत्ता लगाएर रोक्ने काममा संलग्न साइबर सेक्युरिटी प्राविधिक केन्द्र नेशनल कम्प्युटर नेटवर्क इमर्जेन्सी रेस्पोन्स टेक्निकल टिम/ कोअर्डिनेशन सेन्टर अफ चाइनालाई उद्धृत गर्दै यस्तो निष्कर्क्ष निकालेको हो।
‘सीएनसीईआर्टी/सीसीको अनुगमनले फेब्रुअरीको अन्त्यदेखि चीनको इन्टरनेटले लगातार विदेशबाट साइबर हमलाको सामना गर्नुपरेको छ।
यी विदेशी समूहले देशको कम्प्युटर नियन्त्रणमा लिई रुस, यूक्रेन तथा बेलारुसमा साइबर हमला गरेको पाएको छ’, चीनले उक्त केन्द्रलाई उद्धृत गर्दै बताएको छ।
‘विश्लेषणपछि तीमध्ये अधिकांश एड्रेसहरु अमेरिकाका रहेका पाइएको छ’, चीनले थपेको छ। यसबाहेक केही जर्मनी तथा नेदरल्याण्ड्सका रहेका पनि उल्लेख गरिएको छ।
प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार