फेसबुकले पुटिनको विरोध गरिएका पोस्टहरु अब नहटाउने

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार
फेसबुकले पुटिनको विरोध गरिएका पोस्टहरु अब नहटाउने

काठमाडौं ।

फेसबुक तथा इन्स्टाग्रामले केही देशका प्रयोगकर्तालाई रुसी सेना तथा भ्लादिमिर पुटिनविरुद्ध हिंसा भड्काउने पोस्टहरु गर्न छुट दिने भएको छ।

यी दुवैको मूल कम्पनी मेटाले ‘रुसी घुसपैठियालाई मृत्यु देउ’ जस्ता अन्य समयमा नियमविपरीत हुने हिंसा भड्काउने खालका पोस्टहरु केही समय नहटाउने निर्णय गरेको हो।

तर कम्पनीले रुसी सर्वसाधारणलाई लक्षित गरिएका हिंसा भड्काउने पोस्टहरुलाई भने इजाजत नदिने जनाएको छ।

‘हाल भइरहेको यूक्रेन युद्धका क्रममा हामीले युद्धपीडितहरुका लागि रुसी सेनाप्रति हिंसात्मक अभिव्यक्त गर्न अस्थायी इजाजत दिने निर्णय गरेका छौं’, मेटाका एक प्रवक्ताले बीबीसीलाई भने।

संशोधित नीति अन्तर्गत रुस, यूक्रेन तथा पोल्याण्डका यूजरले रुसी राष्ट्रपति पुटिन तथा बेलारुसका राष्ट्रपति लुकाशेन्कोको मृत्यु माग्दै पोस्ट गर्न  सक्नेछन्।

ति दुई नेताबाहेक अन्यालाई लक्षित नगरिएका र ठाउँ तथा तरिका नबताइएका ईमेललाई पनि छुट दिइने बुझिएको छ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार