फक्सकनको इन्टरकनेक्ट प्रविधि अब विद्युतीय साइकलमा

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार
फक्सकनको इन्टरकनेक्ट प्रविधि अब विद्युतीय साइकलमा

काठमाडौं ।

फक्सकनको सहायक ब्राण्ड फक्सकन इन्टरकनेक्ट टेक्नोलोजी (एफआईटी) अब विद्युतीय साइकलहरुमा प्रयोग हुने भएको छ।

यसै क्रममा हालै कम्पनीले विद्युतीय साइकलहरुका लागि पहिलो डिस्प्ले तथा अत्याधुनिक कन्ट्रोलरहरु सार्वजनिक गरेको छ।

मानिसहरुको यात्रा गर्ने बानी कोरोना महामारीका बिच सार्वजनिक यातायातबाट व्यक्तिगततर्फ ढल्कँदै गएपछि ई-बाइकको बजार तीव्र रुपमा विस्तार हुँदै गइरहेको छ।

डिजिटाइम्सका अनुसार ई-बाइकहरु हलुका हुने भएकाले यूरोपमा सर्वसाधारण तथा पाक उमेरका व्यक्तरिहरुबिच यो निकै लोकप्रिय भएको एफआईटीले जनाएको छ।

थुप्रै वर्षदेखि परम्परागत विद्युतीय पार्टपुर्जाहरु बनाउँदै आएको एफआईटीले बलिया उत्पादन डिजाइन तथा क्षमताको विकास गरेको छ।

यसले आफ्नो ई-बाइकको डिस्प्ले तथा अत्याधुनिक कन्ट्रोलरहरु बनाउन फक्सकनको स्रोत नेटवर्कलाई अझ सहयोग पुर्याउने बताउँदै कम्पनीले यो ई-बाइक उद्योगमा आफ्नो पहिलो कदम भएको बताएको छ।

एफआईटीले न्याभिगेशन सिस्टम, ड्याशबोर्ड तथा इमर्जेन्सी फोन कल फिचरसहितको आफ्नो कस्टमाइज गरिएको ई-बाइक सोलुशनले ई-बाइक प्रयोगकर्ताको अनुभवमा अझ सुधार ल्याउने दावी गरेको छ।

कम्पनीले मुख्य ई-बाइक ब्राण्डलाई इलेक्ट्रिकल कनेक्टरमात्र उपलब्ध गराउने नभई वैश्विक ई-बाइक आपूर्ति श्रृङ्खलाको अग्रणी बन्न उत्पादन क्षमता बढाउन समेत सहयोग पुर्याउने डिजिटाइम्सले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...