ह्वावे विश्वका उत्कृष्ट १० दूरसञ्चार उपकरण उत्पादकको शीर्ष स्थानमा

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार
ह्वावे विश्वका उत्कृष्ट १० दूरसञ्चार उपकरण उत्पादकको शीर्ष स्थानमा

काठमाडौं ।

चिनियाँ दूरसञ्चार उपकरण उत्पादक कम्पनी ह्वावे २०२२ को सबैभन्दा मूल्यवान कम्पनीको शीर्ष स्थानमा परेको छ।

ब्राण्ड फाइनान्सले हालै प्रकाशित गरेको १५० ओटा सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा ह्वावे पहिलो नम्बरमा पर्न सफल भएको हो।

रिपोर्ट अनुसार ह्वावेले ७ करोड १२ लाख डलरको ब्राण्ड भ्यालु तथा ब्राण्ड स्ट्रेन्थको १०० मा ८२ प्वाइन्टसहित दूरसञ्चार उपकरण उत्पादकको उत्कृष्ट १० को सूचीमा शीर्ष स्थानमा आएको हो।

ब्राण्ड फाइनान्सको रिपोर्टमा विश्वका उत्कृष्ट १० दूरसञ्चार उपकरण उत्पादकहरुमा ह्वावे, सिस्को नोकिया, क्वालकम, जेडटीई, एरिक्सशन, कर्निङ, जुनिपर नेटवर्क, हेङटङ अप्टोइलेक्ट्रोनिक्स र झिङ्टियान टेक्नोलोजी परेका छन्।

अमेरिकी प्रतिबन्ध र विविध समस्याका बावजूद ह्वावेले यो क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्न सकेको प्रतिवेदनमा उल्लेख छ।

हाल ह्वावेले आफ्ना उत्पादन र सेवा विश्वका १७० देश तथा क्षेत्रमा प्रदान गरिरहेको छ भने ३ अर्बभन्दा बढी मानिसहरुले यसबाट लाभ लिइरहेका प्रतिवेदनलाई उद्धृत गर्दै ह्वावेसेन्ट्रल डटकमले उल्लेख गरेको छ।

आँकडाका हिसाबले ह्वावे ७ करोड १२ लाख डलर ब्राण्ड भ्यालुसहित पहिलो नम्बरमा रहेको छ भने त्यसपछि २ करोड ६५ लाखसहित सिस्को दोस्रो, ८९ लाख डलरसहित नोकिया तेस्रो तथा ७७ लाख डलरसहित क्वालकम चौथो नम्बरमा परेका छन्।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार