मोबाइल स्ट्रिमरहरुका लागि रेजरले ल्यायो ब्लूटूथ ल्यापल माइक

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार
मोबाइल स्ट्रिमरहरुका लागि रेजरले ल्यायो ब्लूटूथ ल्यापल माइक

काठमाडौं ।

टेक कम्पनी रेजरले मोबाइलबाट लाइभस्ट्रिमिङ गर्नर्हरुका लागि ल्यापल माइक्रोफोन सार्वजनिक गरेको छ।

सेइरन ब्लूटूथ नाम गरेको उक्त लाइभस्ट्रिमिङ गियर रेजरले ल्याएको पहिलो ब्लूटूथ ल्यापल माइक्रोफोन हो।

क्लिप-अन डिजाइन भएको उक्त ओम्निडिरेक्शनल अर्थात् चारैतिरको आवाज टिप्न सक्ने माइक्रोफोनमा एआईमा आधारित न्वाइज क्यासिलेशन फिचर पनि रहेको छ।

यसले राम्रो गुणस्तरको आवाज चाहने मोबाइल स्ट्रिमर तथा भ्लगरहरुलाई होहल्ला भएका ठाउँमा पनि राम्रो आवाज प्रस्तुत गर्न सहयोग गर्ने इन्ग्याजेटले उल्लेख गरेको छ।

उक्त ल्यापल माइकमा ३.५ एमएमको ज्याक रहेको छ भने न्वाइजको स्तर घटबढ गर्न, गेम स्ट्रिमिङका बेला लेटेन्सी घटाउन तथा अनुगमनका लागि साइडटोन एडजस्ट गर्नका लागि रेजर स्ट्रिमिङ एपमा गएर मिलाउन सकिन्छ।

यसको ब्याट्री एआई इनेबल गर्दा ४ घण्टा तथा डिसेबल गर्दा ६ घण्टासम्म टिक्ने कम्पनीको दावी छ। यो डिभाइसको मूल्य १०० डलर तोकिएको छ यसले सबै फोनहरु र स्ट्रिमल्याब्स, ट्विच र यूट्युब पनि सपोर्ट गर्दछ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार