युट्युब र गुगल प्लेद्वारा रूसमा भुक्तानीमा आधारित सेवाहरू निलम्बन

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं ।

पश्चिमी प्रतिबन्धहरूले रुसमा बैंकिङ चुनौतीहरू खडा गर्न थालेपछि अल्फाबेट इंकको युट्युब र गुगल प्ले स्टोरले रसियामा सदस्यताहरूसहित सबै भुक्तानीमा आधारित सेवाहरू निलम्बन गर्ने भएको छ।

युक्रेनमा मस्कोको आक्रमणपछि ट्विटर इन्क र स्न्याप इंकले रुसमा अनलाइन विज्ञापन बेच्न रोक लगाएजस्तै गुगल र युट्युबले पनि हालै रुसमा अनलाइन विज्ञापन बेच्न रोकेका थिए।

“फलोअपको रूपमा, हामी अब यो निलम्बनलाई रुसका दर्शकहरूका लागि युट्यब प्रिमियम, च्यानल सदस्यता, सुपर च्याट र व्यापारिक सामानहरू लगायत हाम्रा सबै मनिटाइजेसन सुविधाहरूमा विस्तार गर्दैछौं,” युट्युबले बिहीबार एक विज्ञप्तिमा भन्यो।

रूसमा युट्यब च्यानलहरूले अझै पनि विज्ञापनहरू र भुक्तानी सुविधाहरूमार्फत रूस बाहिरका दर्शकहरूबाट आम्दानी गर्न सक्षम हुने बताईएको छ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • २७ फाल्गुन २०७८, शुक्रबार