यूक्रेनी प्रयोगकर्ताको गोपनीयता सुरक्षित रहने टेलिग्राम संस्थापकको प्रतिबद्धता

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार
यूक्रेनी प्रयोगकर्ताको गोपनीयता सुरक्षित रहने टेलिग्राम संस्थापकको प्रतिबद्धता

काठमाडौं ।

मेसेजिङ एप टेलिग्रामका सह-संस्थापक पावेल डुरोभले यूक्रेनी प्रयोगकर्ताको गोपनीयता सुरक्षित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

डुरोभ रुसमा जन्मेका हुन्।

हाल दुबईमा बस्दै आएका अर्बपति डुरोभले टेलिग्राम पोस्टमा लेखेका छन्, ‘म जुनसुकै परिस्थितिमा आफ्ना प्रयोगकर्ताको पक्षम उभिन्छु। उनीहरुको गोपनीयताको हक अहिले पहिलेको भन्दा झन् पवित्र छ।’

बीबीसीका अनुसार केही विज्ञहरुले प्रयोगकर्ताको डाटा सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्।

टेलिग्रामको प्रतिस्पर्धी सिग्नल तथा ह्वाट्सएपले प्रयोग गर्दै आएको इन्क्रिप्शन डेभलप गर्ने मक्सी मार्लिनस्पाइकले ट्विटरमार्फत् थुप्रै प्रयोगकर्ताले टेलिग्राम इन्क्रिप्शन गरिएको एप भएको बुझिरहेको तथा यो प्रत्येकले पठाएको र पाएको मेसेजको प्लेनटेक्सट कपीसहितको एउटा क्लाउड डाटाबेस भएको जानकारी दिएका छन्।

टेलिग्रामले सबैथोक आफ्नो सुरक्षित रुपमा इन्क्रिप्शन गरिएको क्लाउडमा भण्डारण गर्ने गर्छ। तर यसका सबै डाटा सुरक्षित भए पनि केही फिचरहरुमा मात्र इन्ड-टू-इन्ड इन्क्रिप्शन फिचर प्रयोग हुन्छ।

 

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • २७ फाल्गुन २०७८, शुक्रबार