फेसियल रिकोग्निसन कम्पनी क्लियरभ्यू एआईलाई इटालीमा २ करोड यूरो जरिवाना

  • Technology Khabar | २६ फाल्गुन २०७८, बिहीबार
फेसियल रिकोग्निसन कम्पनी क्लियरभ्यू एआईलाई इटालीमा २ करोड यूरो जरिवाना

काठमाडौं ।

इटालीको डाटा संरक्षण प्राधिकरणले फेसियल रिकोग्निसन कम्पनी क्लियरभ्यू एआईलाई २ करोड यूरो जरिवाना लगाएको छ।

इटालीको डाटा संरक्षण प्राधिकरण गारान्टे प्राइभेसीले अनुहार पहिचान विशेषज्ञ क्लियरभ्यू एआईलाई छानबिनपछि ईयू गोपनीयता नियमहरूको उल्लङ्घन गरेको भन्दै कुल २ करोड यूरो जरिवाना गरेको हो।

अमेरिकी कम्पनीले इटालियन नागरिक र इटालीमा रहेका मानिसहरूलाई ट्र्याक गरिरहेको र “बायोमेट्रिक र जियोलोकेशन डाटासहित कम्पनीले राखेका व्यक्तिगत डाटा, पर्याप्त कानुनी आधार बिना गैरकानूनी रूपमा प्रशोधन गरिएको छ” भन्ने अनुसन्धानले खुलासा गरेको वाचडगले बताएको छ।

साथै नियामकले विवादास्पद कम्पनीलाई इटालियनहरूमा रहेको कुनै पनि डाटा मेटाउन आदेश दिँदै र नागरिकहरूको अनुहारको बायोमेट्रिक्सको थप प्रशोधनबाट प्रतिबन्ध लगाउने बताएको छ।

यसको सेवाहरुको बारेमा उजुरी र रिपोर्टहरूपछि अनुसन्धान शुरु गरिएको थियो, यसले गोपनीयता कानूनको उल्लङ्घनका साथै कम्पनीले इटालियन नागरिकहरू र इटालीमा रहेका मानिसहरूलाई ट्र्याक गरिरहेको फेला पारेको स्पष्ट गरेको छ।

इटालीको डाटा संरक्षण प्राधिकरणले कम्पनीको अनुहारको १० अर्ब तस्बिरहरूको डाटाबेसमा इटालियनहरू र इटालीका बासिन्दाहरू समावेश भएको फेला पारेको छ। सोही कारण न्यूयोर्क शहरमा आधारित फर्मलाई २ करोड यूरो जरिवाना गरिएको हो।

समस्याग्रस्त अनुहार पहिचान गर्ने टेक कम्पनीले कानुनी नतिजाहरूको सामना गरिरहेको यो पहिलो पटक होइन। बेलायती डाटा संरक्षण प्राधिकरणले गत नोभेम्बरमा कम्पनीलाई यसको गलत अभ्यासहरू फेला पारेपछि १ करोड ७० लाख पाउण्ड जरिवाना गरेको थियो, जसमा सुरक्षा क्यामेरा फुटेज वा मगसटहरूबाट उनीहरूको सहमति बिना मानिसहरूको सेल्फी डाटा सङ्कलन गरेको र राष्ट्रको डाटा सुरक्षा कानूनको उल्लङ्घन गरेको आरोप छ।

कम्पनीलाई स्वीडेन, फ्रान्स र अष्ट्रेलियामा पनि प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

साइबर अपराधबाट बालबालिका बढी पीडित

  • Technology Khabar
  • २६ फाल्गुन २०७८, बिहीबार