रेडमी के५० सिरिज मार्च १७ मा सार्वजनिक हुँदै

  • Technology Khabar | २६ फाल्गुन २०७८, बिहीबार
रेडमी के५० सिरिज मार्च १७ मा सार्वजनिक हुँदै

काठमाडौं ।

चिनियाँ कम्पनी शाओमीले आफ्नो आउँदै गरेको के५० सिरिज स्मार्टफोन आगामी मार्च १७ मा आधिकारिक रुपमा सार्वजनिक गर्ने भएको छ।

कम्पनीका उपाध्यक्ष तथा रेडमीका ब्राण्ड म्यानेजर लु वेइबिङले हालै उक्त डिभाइस सार्वजनिक हुने मिति आधिकारिक रुपमा घोषणा गरेका हुन्।

हालै बाहिरिएको एउटा जानकारी अनुसार यो लाइनअपको एउटा फोन रेडमी के५० प्रो+ मा डाइमेन्सिटी ९००० चिपसेट रहेको र यसको एन्टुटु बेन्चमार्क स्कोर १० लाख रहेको जीएसएमएनाले उल्लेख गरेको छ।

यसअघि रेडमी के५० गेमिङ एडिशन आइसकेकामा अब भने विशुद्ध के५० मात्रै आउन लागेको हो।

यसकारण शाओमीका फ्यानहरु यो डिभाइसका बारेमा निकै उत्सुक भएको पाइएको छ। शाओमीलगायत चिनियाँ डिभाइसहरु चीनमा सार्वजनिक हुनु ग्लोबल लञ्चको पहिलो खुड्किलो हो।

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

60 cameras installed for tiger counting go missing

  • Technology Khabar
  • २६ फाल्गुन २०७८, बिहीबार