बाइडेनद्वारा डिजिटल डलर र अन्य क्रिप्टोकरेन्सीको जोखिम अध्ययन गर्न सरकारलाई सुझाव

  • Technology Khabar | २६ फाल्गुन २०७८, बिहीबार
बाइडेनद्वारा डिजिटल डलर र अन्य क्रिप्टोकरेन्सीको जोखिम अध्ययन गर्न सरकारलाई सुझाव

काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले डिजिटल डलर र अन्य क्रिप्टोकरेन्सीको जोखिम अध्ययन गर्न सरकारलाई निर्देशन दिएका छन्।

उनले बुधबार एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै केन्द्रीय बैंकको डिजिटल डलर तथा अन्य क्रिप्टोकरेन्सीसम्बन्धी समस्या अध्ययन गर्न सरकारलाई निर्देशन दिएको ह्वाइटहाउसले जनाएको छ।

नियामकले तत्काल क्रिप्टोकरेन्सीमाथि कडाई नगर्ने ढाँचाको यो समाचार आएपछि बिटक्वाइनको मूल्य बढेको थियो।

मध्यदिनको कारोबारमा बिटक्वाइनको मूल्य ९.१ प्रतिशतले बढेर ४२ हजार २८० डलर पुगेको र यो फेब्रुअरी यताको सबैभन्दा ठूलो प्रतिशतको वृद्धि भएको रोयटर्सले उल्लेख गरेको छ।

बाइडेनको आदेश अनुसार ट्रेजरी डिपार्टमेन्ट, कमर्स डिपार्टमेन्ट तथा अन्य मुख्य संस्थाहरुले ‘मुद्राको भविष्य’ तथा क्रिप्टोकरेन्सीले निर्वाह गर्ने भूमिकाका बारेमा रिपोर्ट तयार गर्नुपर्ने छ।

गत नोभेम्बरमा बढेर ३० खर्ब डलर बराबर पुगेको क्रिप्टोकरेन्सीको बजारले अमेरिकी राष्ट्रिय सुरक्षाको प्रत्याभूति, वित्तीय स्थायित्व तथा अमेरिकी प्रतिस्पर्धाको सुनिश्चितताका साथै बढ्दो साइबर अपराधको जोखिम हटाउनुपर्ने प्रशासनका अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार