चन्द्रमामा खिचिएका पहिलो तस्बिर लिलामीमा, ‘अर्थराइज’को तस्बिर सबैभन्दा मूल्यवान

  • Technology Khabar | २६ फाल्गुन २०७८, बिहीबार
चन्द्रमामा खिचिएका पहिलो तस्बिर लिलामीमा, ‘अर्थराइज’को तस्बिर सबैभन्दा मूल्यवान

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा खिचेको पहिलो तस्बिर बुधबारदेखि डेनमार्कको कोपनहेगनमा लिलामी हुँदैछ। यी फोटोहरूमा अर्थराइज र बज एल्ड्रिनको सतहमा हिँडेको पहिलो शटसमेत समावेश छ।

लिलामी घरको मूल्याङ्कन टोलीका प्रमुख ब्रुन रासमुसेनले समाचार एजेन्सी एपीलाई भनेअुनसार सङ्ग्रहमा नील आर्मस्ट्रङले खिचेको बज एल्ड्रिनको तस्बिर पनि छ। यो तस्विरमा नीलको प्रतिबिम्ब पनि देखिन्छ।

जानकारीकाअनुसार नासाका कूल ७४ ओटा अनौठो तस्बिर बिक्री हुनेछ। यसमा सन् १९६० र १९७० को दशकमा अपोलो मिसनका क्रममा चन्द्रमामा खिचिएका २६ तस्बिरहरूसमेत समावेश छन्।

ब्रुन रासमुसेनलाई एक विदेशी कलेक्टरले सम्पर्क गरेको थियो र उसले आफ्नो परिचय नखुलाएर नै तस्बिर बेच्न चाहन्थे। उनले सङ्कलन गरेको तस्बिरको मूल्य करिब १९०,००० युरो हुने अनुमान गरिएको छ। प्रत्येक फोटो व्यक्तिगत रूपमा बिक्रीको लागि तयार छ।

तीमध्ये सबैभन्दा मूल्यवान तस्बिर ‘अर्थराइज’ को हो। यसलाई डिसेम्बर १९६८ मा अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सले अपोलो ८ मा चन्द्रमाको परिक्रमा गर्दा खिचेका थिए। यसको मूल्य ८ यूरो र १२ हजारको बीचमा छ।

यस संग्रहमा अपोलो १३ मिसनका फोटोहरू पनि समावेश छन्। त्रुटिका कारण सो मिसन चन्द्रमामा अवतरण हुन सकेको थिएन। लिलामीमा परेका धेरै तस्बिरहरू पहिलो पटक बाहिर आउँदैछन्। यी तस्बिरहरू पहिले नासाको अभिलेखमा थिए।

नेशनल ज्योग्राफिक र लाइफ जस्ता अमेरिकी पत्रिकाको कभर पेजमा केही तस्बिरहरु आएका छन् । यी सबै तस्विरहरूले सन् १९६० र १९७० को दशकमा मानिसले कति उपलब्धि हासिल गरेका थिए भन्ने देखाउँछ।

सन् १९७२ मा अपोलो १७ मिसनमा मानिसले अन्तिम पटक चन्द्रमामा पाइला टेकेका थिए। अब फेरि नासाले सन् २०२५–२०२६ मा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने योजना बनाएको छ। यो आर्टेमिस १ (Artemis 1) मिसनका साथमा सुरु हुनेछ। हाल, यो मिसन निर्धारित मितिबाट ढिलाइ भएको छ।

नासाले फेब्रुअरी १२, २०२२ मा मिसन प्रक्षेपण गर्ने लक्ष्य राखेको थियो, तर एकीकृत परीक्षण कार्यक्रमको समस्याले नासालाई समय तालिका ढिलाइ गर्न बाध्य पारेको छ।

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार