शाओमी १२ अल्ट्रामा १२० वाट फास्ट चार्जिङ फिचर रहने

  • Technology Khabar | २६ फाल्गुन २०७८, बिहीबार
शाओमी १२ अल्ट्रामा १२० वाट फास्ट चार्जिङ फिचर रहने

काठमाडौं ।

चिनियाँ कम्पनी शाओमीको आउँदै गरेको शाओमी १२ अल्ट्रामा १२० वाट फास्ट चार्जिङ रहने भएको छ।

जीएसएमएरिनाले उल्लेख गरे अनुसार यो डिभाइसलाई पावर दिनका लागि १२० वाट फास्ट चार्जिङसहितको ४,९०० एमएएचको ब्याट्री उपलब्ध गराइनेछ।

यसका बारेमा थुप्रै आकलन तथा चर्चाहरु चलिरहे पनि हालै लीक भएको उक्त डिभाइसको फोटोले यसको डिजाइनबारे प्रस्ट्याएको छ। उक्त लीक चर्चित टिप्स्टर डिजिटल च्याट स्टेशनको वेबो एकाउन्ट्मार्फत् आएको हो।

यसै लीक अनुसार डिभाइसको ब्याट्री तथा चार्जिङका बारेमा पनि केही तथ्य बाहिर आएका हुन्।

डिजिटल च्याट स्टेशनका अनुसार शाओमीको आउँदै गरेको उक्त फ्ल्यागशिप फोनमा रहने ब्याट्री शाओमी १२ प्रो को ४,६०० एमएएचभन्दा केही ठूलो हुनेछ।

तर यो क्षमता यसअघि आएको एमआई ११ अल्ट्राको भन्दा केही थोरै छ। एमआई ११ अल्ट्रामा ५ हजार एमएएच बराबरको रहेकोव थियो।

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार