अनलाइन स्क्यामविरुद्ध लड्न ठूला प्रविधि कम्पनीलाई बेलायतको आग्रह

  • Technology Khabar | २५ फाल्गुन २०७८, बुधबार
अनलाइन स्क्यामविरुद्ध लड्न ठूला प्रविधि कम्पनीलाई बेलायतको आग्रह

काठमाडौं ।

बेलायतले गुगल, फेसबुक, ट्विटरलगायत ठूला प्रविधि कम्पनीलाई धोकाधडीपूर्ण सशुल्क विज्ञापन रोक्न दबाब दिने भएको छ।

यो निर्णय नियामक तथा उपभोक्ता समूहले स्क्यामविरुद्ध कडा कदम चाल्नुपर्नेमा चासो देखाएपछि आएको रोयटर्सले उल्लेख गरेको छ।

सरकारले अनलाइन जोखिम रोक्ने कानूनको मस्यौदामा ठूला प्रविधि कम्पनीले सेलिब्रिटीका नाममा रहेका अपराधी तथा व्यक्तिगत डाटा चोर्ने कम्पनीहरुबाट असुरक्षित वित्तीय कारोबार र बैंक एकाउन्टमा पहुँचबाट रोक्न आफ्ना सुरक्षामा सुधार ल्याउनुपर्ने उल्लेख भएको जनाएको छ।

सञ्चार नियामक संस्था अफकमले यस्ता विज्ञापनहरु रोक्न प्रयास गरे नगरेको छानबिन गर्ने बुझिएको छ।

नियामकले सेवा नै ब्लक गर्न वा २ करोड ४० लाख डलरसम्म वा वार्षिक कारोबारको १० प्रतिशतसम्म जरिबाना गर्नसक्ने बेलायत सरकारलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

‘आउँदै गरेको अनलाइन सुरक्षा विधेयकमा गरिने यी परिवर्तनले ठगहरुलाई सर्वसाधारणको दु:खले कमाएको रकम मिथ्या अनलाइन विज्ञापनका माध्यमबाट लुट्नबाट रोक्न सहयोगीसिद्ध हुनेछ’, संस्कृति सचिव नादिन डोरिसले विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार