भारतीय फुड डेलिभरी जायन्ट स्विगीले १ अर्ब डलरको आईपीओ निकाल्ने योजनामा

  • Technology Khabar | २५ फाल्गुन २०७८, बुधबार
भारतीय फुड डेलिभरी जायन्ट स्विगीले १ अर्ब डलरको आईपीओ निकाल्ने योजनामा

काठमाडौं ।

भारतीय फुड डेलिभरी जायन्ट स्विगीले बैंकरहरूलाई नियुक्त गरेको छ जसले अर्को वर्ष प्रारम्भिक सार्वजनिक सेयर प्रस्तावको लागि तयारी गरिरहेको छ।

स्टार्टअप, जुन यस वर्ष जनवरीमा यसको ‘के’ सिरिजको फाइनान्सिङ्गमा १०.७ अर्ब डलर मूल्यको थियो, आईपीओमा १ अर्ब डलर उठाउन खोजिरहेको स्रोतलाई उदृत गर्दै टेकक्रन्चले रिपोर्ट गरेको छ।

सेयर निष्कासन अर्को वर्षको पहिलो अर्धवार्षिकमा फाइल गर्ने योजना रहेको र यस बारेमा छलफल चलिरहेको बताईएको छ।

स्विगी आईपीओको समय र सार्वजनिक बजारबाट कति पैसा जुटाउन चाहन्छ भन्ने कुरा बजारको अवस्था र अन्य कारकहरूका आधारमा परिवर्तन हुने सम्भावना रहेको स्रोतले उल्लेख गरेको छ। स्टार्टअपले आइपीओ आउनुअघि कम्तीमा पनि अर्को ठूलो फाइनान्सिङ राउण्ड जुटाउने बताएको छ।

स्टार्टअप – जसले प्रोसुस भेन्चर्स, एक्सेल र सफ्टबैंकलाई आफ्ना समर्थकहरूमा गणना गर्दछ। आईपीओको लागि कागजातहरु  बनाउन हालैका हप्ताहरूमा जेपी मोर्गन र आईसीआईसीआई सेक्यूरिटीजलाई काममा लिएको छ ।

रिपोर्टकाअनुसार स्टार्टअपले आगामी महिनाहरूमा थप लगानी बैंकहरू थप्ने सम्भावना छ।

स्विगीको प्रमुख प्रतिद्वन्द्वी जोमाटो गत वर्ष सार्वजनिक कम्पनी भएको थियो।

स्विगीले आफ्नो वित्तिय अवस्था सुधार गर्न काम गरिरहेको छ र गत वर्ष सेप्टेम्बरमा समाप्त भएको त्रैमासिकसम्म यो महामारीको नोक्सानबाट पूर्णतया रिकभर भएको थियो। यसले केही अधिग्रहण र ठूलो लगानी गर्न पनि तयारी गरिरहेको छ। स्टार्टअप रेस्टुरेन्ट रिजर्भेसन एप डाइनआउट प्राप्त गर्न वार्तामा रहेको छ।

प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार