
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले कुनै पनि छिद्र नभएको स्मार्टफोन डिस्प्लेको पेटेन्ट दर्ता गराएको छ।
ह्वावे टेक्नोलोजिज कम्पनी लिमिटेडले हालै दर्ता गराएको उक्त पेटेन्टमा स्मार्टफोनको डिस्प्लेमा कुनै प्रकारको प्वाल अथवा छिद्र नभएको देखिएको छ।
दर्ता गरिएको दस्तावेजमा उक्त प्रडक्ट मुख्य रुपमा नेटवर्क कम्युनिकेशन, भ्वाइस कल, कारोबारको प्रोसेसिङ आदिका प्रयोग हुने गिजचाइनाले जनाएको छ।
पेटेन्टमा बुझाइएको फोटोबाट उक्त मोबाइल स्क्रीनमा कुनै छिद्र नभएको प्रस्ट भएको छ भने यसबाहेक पप-अप क्यामरा पनि राखिएको छैन।
हालसम्म यो डिभाइसले अन-स्क्रीन क्यामरा प्रयोग गर्छ वा गर्दैन भन्ने यकिन भएको छैन।
यसबाहेक पेटेन्टको फोटोमा यसको पछाडिको क्यामरा मोड्युल अण्डाकार देखिएको छ। ह्वावेले आफ् पहिलो सम्पूर्ण फुल स्क्रीन ह्वावे इन्जोय १० प्लस मोबाइल सन् २०१९ मा ल्याएको थियो।
प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार