यूएईको होप प्रोबले पठायो मंगल ग्रहमा धुलोको आँधीबारे तथ्याङ्क

  • Technology Khabar | २५ फाल्गुन २०७८, बुधबार
यूएईको होप प्रोबले पठायो मंगल ग्रहमा धुलोको आँधीबारे तथ्याङ्क

काठमाडौं ।

यूएईको होप प्रोब अन्तरिक्षयानले मंगल ग्रहमा धुलोको आँधीको अध्ययन गरेको छ।

सन् २०२० मा उक्त ग्रहको वातावरणबारे अध्ययन गर्न पठाइएको होपले हालै मंगल ग्रहको सतहमा २ हप्तासम्मको धुलोको आँधीको अध्ययन गरी तथ्याङ्क पृथ्वीमा पठाएको द नेशनलले जनाएको छ।

होपले मंगल ग्रहमा गत डिसेम्बर २९ देखि त्यहाँको मौसमको अध्ययन थालेको थियो। यसले उच्च रेजोल्युशनयुक्त क्यामरा तथा इन्फ्रारेड स्पेक्ट्रोमिटरसहित मंगल ग्रहको अक्षमा गएर अध्ययन गरेकव इन्ग्याजेटले उल्लेख गरेको छ।

होपले ती उपकरणहरुलाई धुलो, पानीका वाफ तथा आँधीले विस्थापित गरेको कार्बन डाइअक्साइड आइस क्लाउडको भौगवपलिक उपस्थिति मापनका लागि प्रयोग गरेको थियो।

यसको अर्बिटल पोजिशनले होपलाई आँधीमा रहेका तत्वहरुको मिनेट-मिनेटमा र दिन-दिनमा आउने फरक मापन गर्न सहयोग गरेको बताइएको छ। यस्तो अध्ययन यसअघिका कुनै मंगल मिसनले गर्न नसकेको पनि इन्ग्याजेटले लेखेको छ।

प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार