डकुमेन्ट एआइ स्टार्टअप डकसुमोले उठायो ४३ करोड, नेपाल र भारतमा सयौं रोजगारी सिर्जना गर्ने

  • Technology Khabar | २४ फाल्गुन २०७८, मंगलवार
डकुमेन्ट एआइ स्टार्टअप डकसुमोले उठायो ४३ करोड, नेपाल र भारतमा सयौं रोजगारी सिर्जना गर्ने

काठमाडौं ।

उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णयहरू गर्न मद्दत गर्ने डकुमेन्ट एआइ स्टार्टअप डकसुमो (Docsumo) ले हालै बीज पूँजीमा ३५ लाख डलर (करिब ४३ करोड रुपैयाँ) उठाएको छ।

यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले जनवरी २०१९ मा सह-स्थापना गरेका थिए। स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरूद्वारा सञ्चालित छ जसले व्यवसायहरूलाई वित्तीय कागजातहरू स्वचालित रूपमा पढ्न र त्यसको आधारमा निर्णय गर्ने मद्दत गर्दछ।

फिफ्थ वाल, एरबोर रियल्टी ट्रस्ट र वर्तमान लगानीकर्ता बेटर क्यापिटलको सहभागितामा कमन ओसियनद्वारा राउण्डको नेतृत्व गरिएको थियो ।

स्टार्टअपले नयाँ कोषलाई नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक-आधार बढाउन नयाँ कोष प्रयोग गर्ने योजना बनाएको छ।

यसअघि पनि स्टार्टअपले ले फिनटेक कम्पनीमा लगानी गर्ने बेटर क्यापिटल नामक भेन्चर भेन्चर फर्मबाट लगानी उठाएको थियो। सो फर्मका साथै टेकस्टार्स र बार्क्लेजबाट समेत गरेर स्टार्टअपले कुल २ लाख २० हजार अमेरिकी डलर उठाएको थियो।

सम्बन्धित समाचार-

नेपालमा आधारित स्टार्टअप डकसुमोले २ लाख २० हजार अमेरिकी डलर लगानी उठायो

बिक्रम डाटा एन्ट्री क्लर्क थिए र उनले प्रत्यक्ष रुपमा नै म्यानुअल एन्ट्री गर्न कति गाह्रो र दिक्कलाग्दो हुन्छ भनेर अनुभव गरेका थिए।

वास्तवमा, अधिकांश कागजात मिलाउने प्रक्रिया एशियाली देशहरू जस्तै भारतमा पनि आउटसोर्स गरिन्छ, जहाँ ठुलो संख्यामा मानिसहरू वित्तीय सेवाहरूको लागि आवेदनहरू प्रक्रिया गर्छन् । टिमले मानिसले गर्ने मुख्य पक्ष – टेक्स्ट पढ्नेलाई स्वचालित गर्न मेशिन लर्निङ प्रविधि लागू गर्दैछ।

लगानीबारे टिप्पणी गर्दै विक्रमले भने, ‘हामीलाई पहिलो दिनदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो । हामीसँग हाल काठमाडौंमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरू काम गरिरहेका छन् – हामी यो वर्षको अन्त्यसम्ममा यो संख्या १०० पुग्ने योजनामा ​​छौं। हाम्रो उद्देश्य नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो। ”

पछिल्लो १२ महिनामा, डकसुमोले भारतको मुम्बई र काठमाण्डौंमा आफ्नो टिम बढाएको छ र ६ गुणा आयवृद्धि अनुभव गरेको छ। यसले हाल संयुक्त राज्य अमेरिका, युरोपेली संघ र एशियाका प्रमुख उद्यमहरूलाई सेवा दिन्छ।

डकसुमो पहिला सन् २०२० मा टेकस्टार्स लण्डन एक्सेलेटरको हिस्सा थियो र बारक्लेज, सिक्वेईया, जुपिटर मनि एण्ड एम्पका जितेन गुप्ता र पाइन ल्याब्सका अमरिश राउबाट प्रि-सीड राउन्ड उठाएको थियो।

“हामीले हाम्रा पोर्टफोलियो कम्पनीहरूमा डकसुमोको प्रविधि प्रयोग गरेका छौं र महत्वपूर्ण व्यापारिक निर्णयहरू स्वचालित गर्नमा यो कत्तिको प्रभावकारी छ भनेर प्रत्यक्ष देखेका छौं । यस टिमसँग काम गर्न पाउँदा एकदमै रमाइलो लागेको छ र हामी उहाँहरूको यात्रामा सामेल हुन उत्साहित छौं किनभने यसले उनीहरूले कामको प्रक्रियाहरूमा एआई/एमएल लागू गर्ने अवसरहरू अनलक गर्छन्,” भनेर राउण्डको नेतृत्व गर्ने कमन ओशियनका जनरल पार्टनर इगोर युलिसले भने।

यस नयाँ लगानीसँगै, डकसुमो ले थप प्रयोगका केसहरू- ग्राहक अनबोर्डिङ, आम्दानी प्रमाणिकरण, वित्तीय ठगी पत्ता लगाउने, अन्डरराइटिङका ​​लागि डाटा, र विश्लेषकहरूले हाल ह्यान्डल गरेका अन्य महत्वपूर्ण, दैनिक कार्यहरू समेट्नका लागि आफ्ना उत्पादनहरू बढाउने योजना बनाएको छ।

“कोभिडले उद्यम स्वचालन र व्यापारका प्रक्रियाहरूको थप एपीआई-फिकेशनलाई अगाडि बढाएको छ, यी दुवै हाम्रो सफ्टवेयरलाई छिटो अंगाल्न सघाउ गर्ने उत्कृष्ट सहयोगी तत्वहरू हुन्,” रुषभले भने।

यो पनि हेर्नुस्-

युट्युबलगायतका ओटिटि सेवा अब कानूनी दायरामा, ओटिटिको अनुमति लिन १ करोड रुपैयाँ दस्तुर

प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार