डिजिटल इ–लर्निङ्ग मेरो स्कूलको ‘सेल्फी पोइन्ट’ छायाँ सेन्टरमा

  • Technology Khabar | २४ फाल्गुन २०७८, मंगलवार
डिजिटल इ–लर्निङ्ग मेरो स्कूलको ‘सेल्फी पोइन्ट’ छायाँ सेन्टरमा

काठमाडौं ।

काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा डिजिटल इ–लर्निङ्ग मेरो स्कूलको ‘सेल्फी पोइन्ट’ स्थापना भएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एक कार्यक्रमका बीच सो पोइन्ट स्थापना गरिएको हो।

सो सेल्फी पोइन्टको उद्घाटन अभिनेत्री ऋचा शर्माले गरेकी थिइन्। कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले आजको समयमा मेरो स्कूल जस्तो डिजिटल इ– लर्निङ्ग प्लेटफर्मको धेरै महत्व रहेको बताएकी थिइन्। साथै, ग्रामीण क्षेत्रहरुमा पनि इन्टरनेटको पहुँच भएकोले मेरो स्कूल एप विद्यार्थीहरुका लागि निकै लाभदायक हुने बताएकी थिइन्।

के हो मेरो स्कुल?

मेरो स्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ प्रयोगकर्ताले नेपाल सरकारको पाठ्यक्रममा आधारित २० हजारभन्दा धेरै भिडियोहरु प्राप्त गर्न सक्नेछन्। यसका साथै यहाँ पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि हेर्न सकिनेछ।

यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ। यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन्। शैक्षिक पाठ्यक्रमका अलावा यहाँ डिजाइनिङ कोर्स, ल्याङवेज कोर्स, शेयर तालिम लगायतका कोर्सहरू पनि हेर्न सकिनेछ। यस एपमा प्रयोगकर्ताहरुले १ महिनाको लागि केबल २२ रुपैयाँमा कक्षा एक देखि १२ सम्मका भिडियोहरु हेर्न सक्नेछन्।

यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडियोहरु हेरी पढ्न सक्नेछन्। अफलाइन भ्यूइङ्ग फिचर पनि भएकोले यहाँ भएका शैक्षिक सामाग्रीहरु आफुले चाहेको समयमा चाहेको ठाउँमा बसी सुपथ मूल्यमा हेर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २४ फाल्गुन २०७८, मंगलवार