
काठमाडौं ।
कोभिड–१९ महामारी र अमेरिका–चीन व्यापार तनावका कारण चीनमा फाइभजी पूर्वाधार, विशेषगरी आधार स्टेशनहरूको स्थापना कार्य सुस्त हुँदै गएको छ भने युरोप, उत्तर अमेरिका, जापान र दक्षिण कोरियामा फाइभजी डिप्लोयमेन्ट परियोजनाहरू भइरहेका छन्।
यसले गर्दा २०२२ मा फाइभजी उद्योगको मुख्य वृद्धि चालक बन्न सक्ने अपस्ट्रिम आपूर्ति शृङ्खलाका स्रोतहरूलाई उदृत गर्दै डीजीटाइम्सले जनाएको छ।
चीनको उद्योग र सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) को तथ्याङ्क अनुसार, २०२१ मा चीनमा कुल ६ लाख ५० हजार ५जी बेस स्टेशनहरू स्थापना भएका थिए, जुन विश्वव्यापी स्थापनाहरूको ६० प्रतिशत भन्दा बढी हो। तर यो संख्या आपूर्ति श्रृंखलाको ८ देखि १० लाख एकाइहरूको मूल अपेक्षा भन्दा निकै कम हो।
रिपोर्टमा उल्लेख भएअनुसार चीनले अब २०२५ को अन्त्य सम्म ३ लाख ६४ हजार ५जी बेस स्टेशनहरूको निर्माण पूरा गर्ने अपेक्षा गरिएको छ।
चीनले हालसम्म १४ लाख २५ हजार युनिट मात्र पूरा गरेको छ र अर्को चार वर्ष (२०२२-२०२५) मा थप २२ लाख १५ हजार युनिटहरू निर्माण गर्न आवश्यक छ। जसमा प्रति वर्ष लगभग ५ लाख ५० हजार एकाइको औसत बेस स्टेशनहरू बनाउनुपर्नेछ।
फाइभजी बेस स्टेशनहरूलाई फोरजी स्टेशनहरू भन्दा उल्लेखनीय रूपमा बढी विद्युतीय शक्ति चाहिन्छ। यसैले, गैर-चिनियाँ बजारहरूले २०२२ मा तिनीहरूको ५जी पूर्वाधार तैनाथीलाई गति दिने अपेक्षा गरिए तापनि, केही अपस्ट्रीम आपूर्तिकर्ताहरूले थप बिजुली आवश्यकताहरूले अन्ततः चीन बाहिर ५जीको तैनाथीलाई सुस्त बनाउन सक्ने विश्वास गर्छन्।
कार्बन तटस्थता र ऊर्जा बचतको विश्वव्यापी प्रवृत्ति फाइभजी पूर्वाधार जडानमा प्रमुख अवरोधहरू हुने अनुमान गरिएको छ। त्यसैगरी यदि उपभोक्ताहरूले ४जीको सीमित गतिको तुलनामा ५जीको ठूलो गतिलाई धेरै मान्दैन भने सम्बन्धित निर्माणको उच्च लागतलाई औचित्य दिन गाह्रो हुन सक्ने रिपोर्टमा उल्लेख गरिएको छ।
प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार