फ्ल्यागशिपको दाैडबाट हात झिकेको एचएमडी ग्लोबलको भनाई

  • Technology Khabar | २४ फाल्गुन २०७८, मंगलवार
फ्ल्यागशिपको दाैडबाट हात झिकेको एचएमडी ग्लोबलको भनाई

काठमाडौं ।

एचएमडी ग्लोबलले फ्ल्यागशिप स्मार्टफोनको दोडबाट हात झिकेको घोषणा गरेको छ।

सबै खाले मूल्यका स्मार्टफोनहरु उत्पादन गर्दै आएको कम्पनीले हाल यस्तो निर्णय गरेको हो।

‘८ सय डलरको फोन बनाउनु हाम्रा लागि अहिले महत्वपूर्ण होइन’, एचएमडी ग्लोबलका प्रडक्ट मार्केटिङका प्रमुख एडम फर्गुसनले एन्ड्रोइड अथोरिटीलाई बताए।

सन् २०१९ मा आएको नोकिया ९ प्योरभ्यू नोकियाले कुनै समय ओगटेकव प्रिमियम क्यामरा फोन बजारमा फर्किन गरिएको प्रयास थियो।

तर उक्त फोनलाई खासै नरुचाइएपछि यसको सिक्वेल आउने चर्चा निकै लामो समय चलिसकेको छ। तर कम्पनीको पछिल्लो भनाईअनुसार प्योरभ्यू पछि निकट भविष्यमै नोकियाका तर्फबाट कुनै प्रिमियम फोन आउन सक्ने सम्भावन टरेको छ।

एचएमडीले आफ्नो इन्ट्री तथा मिड लेभर स्मार्टफोन व्यवसायमै बढी केन्द्रित हुने योजना बनाएको जीएसएसमएरिनाले जनाएको छ।

कम्पनीले नोकिया फोनहरुलाई थुप्रै वर्ष खप्ने र थुप्रै दिन ब्याट्री टिक्ने सुपथ मूल्यका फोनका रुपमा उपभोक्ताले चिनुन् भन्ने उद्देश्य राखेको छ।

प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...