ट्विटरको पुरानो युजरनेम मन परेन ?, त्यसो भए यो ट्रिक अपनाएर नयाँ ‘पहिचान’ बनाउनुस्

  • Technology Khabar | २४ फाल्गुन २०७८, मंगलवार
ट्विटरको पुरानो युजरनेम मन परेन ?, त्यसो भए यो ट्रिक अपनाएर नयाँ ‘पहिचान’ बनाउनुस्

काठमाडौं ।

ट्विटर सबैभन्दा ठूलो सामाजिक मिडिया प्लेटफर्महरु मध्ये एक हो। मानिसहरूले यो माइक्रो ब्लगिङ साइटलाई समाचार, सूचना आदानप्रदान गर्न मात्र नभई आफ्ना विचारहरु व्यक्त गर्न, समस्याहरू उठान गर्न, आफ्नो आवाज जिम्मेवारसम्म पुर्‍याउन पनि प्रयोग गर्ने गरेका छन्। यसको बढ्दो महत्वका कारण आज तपाईले हरेक ठूला कम्पनी, सरकारी तथा गैरसरकारी संस्थाहरुलाई यस प्लेटफर्ममा देख्नुहुनेछ।

अन्य सामाजिक मिडिया प्लेटफर्महरू जस्तै, यसमा पनि एक प्रोफाइल र एक प्रयोगकर्ता नामसहित प्रयोग गर्न सकिन्छ। आफ्नो एकाउन्ट बनाउँदा मानिसहरु यसतर्फ खासै ध्यान दिदैनन् तर सक्रिय भएपछि राम्रो र आकर्षक युजरनेम राख्न चाहन्छन् तर युजरनेम कसरी परिवर्तन गर्ने भन्ने ज्ञान नभएकाले त्यसो गर्न सकिरहेका छैनन् । त्यसैले आज हामी तपाईलाई ट्विटर मा युजरनेम कसरी परिवर्तन गर्ने भनेर बताउनेछौं।

कम्प्युटरमा यसरी प्रयोगकर्ता नाम परिवर्तन गर्नुस्

यदि तपाइँ यसलाई कम्प्यूटरमा चलाउनुहुन्छ र कम्प्युटरमा नै परिवर्तन गर्न सहज हुनुहुन्छ भने, तपाइँले तल दिइएको चरणहरू पालना गर्नुपर्छ।

  • पहिले तपाईंले आफ्नो ट्विटर खातामा लग इन गर्नुपर्छ।
  • होम पेजमा, बायाँ साइडमा दिइएको विकल्पहरूमा जानुहोस्। यहाँ तपाईंले प्रोफाइल मुनि ‘मोर’ (More) को विकल्प देख्नुहुनेछ।
  • अब ‘मोर’मा क्लिक गर्नुहोस्। यसमा क्लिक गर्ने बित्तिकै धेरै विकल्पहरू आउनेछन्।
  • तपाईंले यहाँ सेटिङ्गस एण्ड प्राइभेसी (Settings and Privacy) मा क्लिक गर्नुपर्नेछ।
  • अब तपाई योर एकाउन्ट (Your Information) मा जानुहोस् र एकाउन्ट इन्फर्मेसन (Account Information) मा क्लिक गर्नुहोस्।
  • अब तपाईलाई ट्विटर खाताको पासवर्ड सोधिनेछ।
  • तपाईंले पासवर्ड प्रविष्ट गर्ने बित्तिकै, तपाईंले प्रयोगकर्ता नाम परिवर्तन गर्ने विकल्प देख्नुहुनेछ।
  • यहाँ तपाईंले पुरानो प्रयोगकर्ता नाम हटाउनुपर्छ र नयाँ प्रविष्ट गर्नुपर्छ।
    त्यसपछि ‘सेभ’ विकल्पमा क्लिक गरेर बाहिर निस्कनुहोस्।

अब तपाईंले आफ्नो नयाँ प्रयोगकर्ता नाम सिर्जना भएको देख्नुहुनेछ।

मोबाइलमा यसरी परिवर्तन गर्नुस्

यदि तपाई मोबाइलमा ट्विटर बढी प्रयोग गर्नुहुन्छ भने तपाईले मोबाइलबाट पनि प्रयोगकर्ता नाम परिवर्तन गर्न सक्नुहुन्छ। यसका लागि तपाईंले यी चरणहरू पालना गर्नुपर्छ।

  • आफ्नो मोबाइलमा ट्विटर खाता खोल्नुहोस्।
  • अब यहाँ तपाईंले आफ्नो प्रोफाइल तस्वीरमा क्लिक गर्नुपर्छ।
  • यहाँ सेटिङ्गस एण्ड प्राइभेसी (Setting and Privacy) को विकल्प छनोट गर्दै, अब योर एकाउन्ट (Your Information) मा रहेको विकल्प चयन गर्नुहोस्।
  • अब तपाईंले एकाउन्ट इन्फर्मेसन(Account Information) मा क्लिक गर्नुपर्नेछ। यसमा क्लिक गरेपछि युजरनेमको विकल्प आउनेछ।
  • अब तपाईँलाई मनपर्ने प्रयोगकर्ता नाम राख्नुहोस्, त्यसपछि सबमिटमा क्लिक गर्नुहोस्।

प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...