
काठमाडौं ।
एप्पलको पीक पर्फर्मेन्स नेपाली समयअनुसार आज राति ११:४५ मा शुरु हुँदैछ।
यो कम्पनीको यस वर्षको पहिलो इभेन्ट हो र यसलाई एप्पलको यूट्युब च्यानल, एप्पलको टीभी एप तथा वेबसाइटमा प्रसारण गरिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
यो इभेन्टमा एप्पलले केही नयाँ डिभाइसहरु सार्वजनिक गर्ने पक्कापक्की भइसकेको छ। तर एप्पलले बाहिर आकलन गरिएका भन्दा केही थप उत्पादन तथा सेवाहरु पनि सार्वजनिक गर्नसक्ने अपेक्षा गरिएको छ।
आईफोन एसई फाइभजी
यसअघि आएको आईफोन एसई २०२० को उत्तराधिकारीका रुपमा आउने यो मोडलमा फाइभजी कनेक्टिभिटी रहने बताइएको छ।
यस्तै ए१५ बायोनिक चिप र सुधारिएको क्यामरा रहने यो डिभाइसको मूल्य ३०० डलरबाट शुरु हुने जीएसएमएरेनाले जनाएको छ।
आईप्याड एयर पाँचाैं जेनेरेशन
एप्पलले अन्तत: आईप्याड एयरलाई पाँचाैं जेनेरेशनमा अपडेट गरेको छ। यसमा एप्पलले ए१५ बायोनिक चिप तथा फाइभजी कनेक्टिभिटी थप गरेको छ। यसबाहेक यो डिभाइसमा आईफोन १३ को मुख्य तथा अल्ट्रावाइड क्यामरा सेटअप पनि राखिएको आकलन गरिएको छ।
एम१ प्रो/म्याक्स चिपयुक्त म्याक मिनी
एप्पलले यूरेशियन इकोनोमिक कमिशनमा दर्ता गराएका तीनमध्ये एम१ प्रो वा म्याक्स चिपयुक्त आईप्याड एयर यो इभेन्टमा सार्वजनिक हुन सक्नेछ।
यो एप्पलको पछिल्लो चिप प्रो भएको पहिलो १४ वा १६ इन्चको गैर म्याकबुक प्रो डिभाइस हुनेछ। यसमा यसअघिका तुलनामा थप पोर्टहरु रहनेछन्।
एम२ चिपयुक्त म्याकबुक प्रो १३ इन्च वा एम२ चिपयुक्त आईप्याड एयर
कम्पनीले ४-४ ओटा पर्फर्मेन्स र इफिसियन्सी कोरयुक्त सीपीयू भएको एम२ चिपसेट पनि ल्याउने भएको छ। यो चिप एम१ चिपभन्दा तीव्र हुने तथा एम१ प्रो र म्याक्सभन्दा केही सुस्त हुने बताइएको छ। यो चिप १३ इन्च म्याकबुक प्रो मा राखेर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
नयाँ १३ इन्चको म्याकबुक प्रोमा टच बार, मिनी एलईडी डिस्प्ले तथा प्रो-मोशन नहुने जीएसएसएरिना लेख्दछ।
वाइल्ड कार्ड
एप्पलले केही वाइल्ड कार्ड घोषणाहरु पनि गर्न सक्ने बताइएको छ।
जसमा कम्पनीले मिनी एलईडी नभएको २७ इन्चको सस्तो मनिटर, एम१ प्रो वा म्याक्सयुक्त नयाँ आईम्याक वा हालको भन्दा अझ फास्ट प्रोसेसरयुक्त आईम्याक प्रो पनि सार्वजनिक गर्न सक्नेछ।
यो इभेन्टको नाम पीक राखिनुको कारण नै यही हुनसक्ने पनि समाचारमा उल्लेख छ।
प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार