एफएएले बनाएको उड्ने ट्याक्सीसम्बन्धी नियम समीक्षा गर्दै अमेरिकी एजेन्सी

  • Technology Khabar | २४ फाल्गुन २०७८, मंगलवार
एफएएले बनाएको उड्ने ट्याक्सीसम्बन्धी नियम समीक्षा गर्दै अमेरिकी एजेन्सी

काठमाडौं ।

अमेरिकाको यातायात विभागले एफएएले बनाएको उड्ने ट्याक्सीसम्बन्धी नियमको समीक्षा गर्ने भएको छ।

यातायात विभाग अन्तर्गतको महानिरीक्षणकको कार्यालयले सोमबार लोअर अल्टिच्युड एयरक्राफ्ट अर्थात् फ्लाइङ ट्याक्सीलाई अनुमोदन गर्न आधार छुट्याउने नियामकको प्रक्रियाको समीक्षा गर्ने बताएको हो।

पछिल्लो समय घना बस्ती भएका ठाउँमा अर्बन एयर मोबिलिटीलाई कार्गो तथा यात्रु ओसार्न सकिने सम्भाव्यताका हिसाबले सर्वसाधारणको चासो बढिरहेको छ।

यसले हाल ईभीटीओएल एयरक्राफ्टलाई इजाजत दिने नियमहरुको समीक्षा गरिरहेको एफएएका लागि नयाँ तथा सुरक्षा चुनाैती हुने सिर्जना गर्ने बताइएको छ।

यो क्षेत्रमा विद्युतीय ईभीटीओएल एयरक्राफ्ट पर्ने र यस्ता विमानले प्रति पाइलट एक जना यात्रु बोक्ने रोयटर्सले जनाएको छ।

यस सम्बन्धमा एफएएले आफूहरुले महानिरीक्षकको कार्यालयको कामलाई पूर्णरुपमा सहयोग गर्ने र आफूसँग उपलब्ध यस क्षेत्रका जानकारी प्रदान गर्न पनि तत्पर रहेको जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार