गुगलद्वारा एन्ड्रोइड १२एल पुन: सार्वजनिक, ट्याब्लेट र फोल्डेबल डिभाइसमा आउने

  • Technology Khabar | २४ फाल्गुन २०७८, मंगलवार
गुगलद्वारा एन्ड्रोइड १२एल पुन: सार्वजनिक, ट्याब्लेट र फोल्डेबल डिभाइसमा आउने

काठमाडौं ।

गुगलले आफ्नो एन्ड्रोइड १२एल अपरेटिङ सिस्टम पुन: सार्वजनिक गरेको छ।

यो ओएस विशेषगरी ट्याब्लेट तथा फोल्डेबल डिभाइसका लागि लक्षित गरेर ल्याइएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

पछिल्लो समय एन्ड्रोइड ट्याब्लेटको बजार पुन: ब्यूँतिएको र फोल्डेबल डिभाइसको माग पनि निकै बढिरहेकाले गुगलले यो निर्णय गरेको आकलन गरिएको छ।

यो ओएस पहिलोपटक गत वर्षको अक्टोबरमा ल्याइएको थियो। अहिलेको भर्सन भने डेभलपरका लागि नभई यूजरहरुका लागि नै ल्याइएको बुझिएको छ।

ठूला स्क्रीनका लागि गरिएको अप्टिमाइजेशनमा नोटिफिकेशनका लागि विशेष कोलम र क्विक टाइल आदिको व्यवस्था छ।

यो परिवर्तनसँगै यूजरले नोटिफिकेशन हेर्न र स्वाइप गर्न अझ बढी स्थान पाउने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...