
काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर जिल्ला सिसिटिभी जडान समितिलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाई उक्त रकम हस्तान्तरण गरेको हो।
सो आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सिमा नाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सिसिटिभी क्यामरा जडान गरी अपराध अनुसन्धान तथा न्यूनिकरण गर्न सहयोग पुग्ने समितिका कोषाध्यक्ष प्रजापतीले बताए।
साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी, दुइवटा टेबल र एक थान दराज लगायतका फर्निचर सामान प्रदान गरेको छ।
सेञ्चुरी बैंकले भक्तपुरमा ३ र काभ्रेमा सात शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार