डिशहोमले “रगतका कथाहरु’’ शिर्षकमा सिरिज बनाउने

  • Technology Khabar | २३ फाल्गुन २०७८, सोमबार
डिशहोमले “रगतका कथाहरु’’ शिर्षकमा सिरिज बनाउने

काठमाडौं ।

आफ्ना ग्राहकहरुको लागि आफ्नै एक्स्लुसिभ च्यानलहरुमार्फत नयाँ नयाँ मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रशारण गर्दै आएको डिशहोमले “रगतका कथाहरु’’ शिर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ।

यो सिरिजको पहिलो सिजनमा १३ श्रृंखलाहरु हुनेछन् र प्रत्येक श्रृंखलामा फरक फरक कथाबस्तु समेटिने छन् ।

डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस श्रृंखलाको संझौतापत्रमा डिश मिडिया नेटवर्कका तर्फबाट प्रवन्ध निर्देशक सुदीप आचार्य र लेखक/निर्देशक किरण बि.क.ले सम्झौता पत्रमा हस्ताक्षर गरे।

“हामी अलि फरक तरिकाको कथाहरु टिभीका दर्शकलाई दिन चाहन्थ्यौं त्यसैबेला किरण जी केहि फरक कथा छन् भन्दै आउनु भयो । पटक पटकको छलफल र पहिलो एपिसोड हेरेपछी हामीले खोजे जस्तै फरक खालको कन्टेन्ट बन्ने भएपछी डिशहोम दृश्यालय सिनेमासँग सहकार्य गर्न तयार भएको हो’’ प्रवन्ध निर्देशक आचार्यले भने।

यो सिरिज देशका विभिन्न ठाउँमा छायाँकन हुने बताइएको छ।

प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार