यूट्युब च्यानलमार्फत् चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्ने व्यक्ति पक्राऊ

  • Technology Khabar | २३ फाल्गुन २०७८, सोमबार
यूट्युब च्यानलमार्फत् चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्ने व्यक्ति पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

यूट्युब च्यानलमार्फत् चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुल्मी जिल्ला भनभने ९ स्थायी घर भएर हाल बुटवल १३ रुपन्देही बसोबास गर्दै आएका २१ वर्षीय राहुल थापा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

थापाले सेलेब नेपाल नामको यूट्युब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत् पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्य राखेर भ्रामक समाचार सम्प्रेषण गरेको आरोप छ।

साइबर ब्यूरोले विज्ञप्तिमा थापाको उक्त गतिविधि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा पर्न आएकाले अदालतको आदेशमा गत फागुन २२ गते पक्राऊ गरी ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उल्लेख गरेको छ।

प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार