वनप्लसका संस्थापकले अप्रिलमा नथिङ ब्राण्डको स्मार्टफोन ल्याउँदै

  • Technology Khabar | २३ फाल्गुन २०७८, सोमबार
वनप्लसका संस्थापकले अप्रिलमा नथिङ ब्राण्डको स्मार्टफोन ल्याउँदै

काठमाडौं ।

वनप्लसका सह-संस्थापक कार्ल पेईले आगामी अप्रिलमा नथिङ ब्राण्डको स्मार्टफोन ल्याउने भएका छन्।

यसअघि सफलतापूर्वक आफ्नो पहिलो हेडसेट बजारमा ल्याइसकेको नथिङले अब भने मोबाइल फोन ल्याउन लागेको गिज्मोचाइनाले जनाएको छ।

रिपोर्टहरुका अनुसार यो स्मार्टफोनको डिजाइन इयर १ इयरबडको झैं पारदर्शी सामग्रीबाट निर्माण गरिनेछ।

यसअघि नथिङले एन्ड्रोइडका पिता भनेर चिनिने एन्डी रुबिनले स्थापना गरेको इसेन्सियल ब्राण्डको कपिराइट किनेको थियो। कम्पनीले क्वालकमसँग पनि सम्झोता गरेको छ।

यो सम्झाैताले नथिङलाई नयाँ स्मार्टफोन निकालेर स्न्यापड्रागन लाइनअपलाई अगाडि बढाउन सहयोग पुर्याउनेछ।

वनप्लसका सह-संस्थापक कार्ल पेईले गत वर्ष वनप्लस छोडेका हुन्। उनले नथिङ ब्राण्ड स्थापना गरेर इनोभेटिभ प्राविधिक उत्पादनहरुमा केन्द्रित हुने र ब्राण्डले डिजिटल भविष्य सिर्जना गर्न मानिस र प्रविधिबिचको अवरोध हटाउने बताएका छन्।

प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...