ह्याकरहरुले सामसङबाट १९० जीबी संवेदनशील डाटा चोरेको आशंका

  • Technology Khabar | २३ फाल्गुन २०७८, सोमबार
ह्याकरहरुले सामसङबाट १९० जीबी संवेदनशील डाटा चोरेको आशंका

काठमाडौं ।

एउटा साइबर हमलाका क्रममा सामसङका केही सम्वेदनशील डाटा चोरी भएको छ।

गत शुक्रबार दक्षिण अमेरिकी ह्याकिङ समूह लाप्ससले सामसङबाट लिइएको भन्दै थुप्रै डाटा अनलाइनमा अपलोड गरेको थियो।

यो घटनाका बारेमा पहिलो पटक ब्लीपिङ कम्प्युटरलगायत प्रकाशनहरुले रिपोर्ट बनाएका थिए।

उक्त समूहले यी डाटाबाहेक सामसङको पछिल्ला सबै डिभाइसहरुको बूटलोडर सोर्सकोड पनि हात पारेको दावी गरेको छ। यस्तै उच्च सम्वेदनशील बायोमेट्रिक अथेन्टिकेशन तथा अन-डिभाइस इन्क्रिप्शन लगायतका डाटाहरु पनि समूहको नियन्त्रणमा रहेको इन्ग्याजेटले उल्लेख गरेको छ।

कोरियन हेराल्डका अनुसार सामसङले यसबारेमा अध्ययन गरिरहेको छ। लाप्ससले यसअघि एनभिडियाको डाटा चोरीको पनि उत्तरदायित्व सकारेको थियो।

उक्त घटनामा लाप्ससले लगभग १ टेराबाइट स्किम्याटिक तथा ड्राइभर सोर्स कोडलगायतका सम्वेदनशील डाटा चोरेको दावी गरेको थियो।

सामसङसँग लाप्ससले के कस्तो माग राखेको छ भन्ने प्रस्ट छैन।

प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार