टिकटकद्वारा रुसमा लाइभस्ट्रिमिङ र नयाँ अपलोड स्थगित

  • Technology Khabar | २३ फाल्गुन २०७८, सोमबार
टिकटकद्वारा रुसमा लाइभस्ट्रिमिङ र नयाँ अपलोड स्थगित

काठमाडौं ।

चिनियाँ भिडियो एप टिकटकले रुसमा लाइभस्ट्रिम तथा नयाँ अपलोड बन्द गरेको छ।

कम्पनीले आइतबार रुसका राष्ट्रपति पुटिनले शुक्रबार हस्ताक्षर गरेको नयाँ सञ्चार कानूनको समीक्षा गर्दै यस्तो निर्णय गरेको बताएको छ।

‘नयाँ कानूनको सुरक्षासम्बन्धी प्रावधान हेर्दा हामीसँग लाइभस्ट्रिम तथा नयाँ सामग्री अपलोड रोक्नुको अर्को विकल्प छैन’, टिकटकले आफ्ना ट्विटर पोस्टहरुमा जनाएको छ। कम्पनीले यो निर्णयले इन-एप मेसेजिङलाई भने कुनै प्रभाव नपार्ने पनि प्रस्ट्याएको छ।

रोयटर्सका अनुसार अमेरिकी सरकारले शनिबार रुसको उक्त नयाँ कानूनको भर्त्सना गरेको थियो।

यो कानून अनुसार देशले ‘गलत समाचार’ मानेका सामग्री प्रचार प्रसार गरेमा १५ वर्षसम्म जेल सजाय हुन सक्ने प्रावधान राखेको छ।

प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

साइबर अपराधबाट बालबालिका बढी पीडित

  • Technology Khabar
  • २३ फाल्गुन २०७८, सोमबार