केन्टका इलेक्ट्रिक सामाग्रीहरुको रिटेलर सम्मेलन जनकपुरमा सम्पन्न

  • Technology Khabar | २२ फाल्गुन २०७८, आईतवार

काठमाडौं ।

नेपालकै सबैभन्दा ठूलो र नं.१ इलेक्ट्रिक ब्राण्ड बन्न सफल केन्ट ईलेक्ट्रिकले आफ्ना रिटेलर महानुभावहरुलाई मध्यनजर गरि हालै जनकपुर स्थित सिताशरण होटलमा फागुन २० गते एक रिटेलर सम्मेलन सम्पन्न गरेको छ ।

१०० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा केन्टले आफ्ना सम्पूर्ण इलेक्ट्रिक सामाग्रीहरु (फ्यान, मोडुलर स्विच, गिजर, हिटर आदी) को प्रदर्शन गरि उक्त सामाग्रीहरुको बारेमा बिस्तृत जानकारी पनि दिएको थियो। कार्यक्रममा आफ्ना उत्कृष्ट रिटेलरलाई विभिन्न अवार्ड वितरण गरी सम्मान समेत गरिएको थियो ।

सो कार्यक्रममा केन्ट भारतका एम.डि. चिराग गुप्ता र एक्पोर्ट हेड दिपक अग्रवाल लगायत सि.जी. इ.ओ.एल.का पदाधिकारीहरुको उपस्थिति थियो । आफ्ना रिटेलर महानुभावहरुलाई प्रोत्सान गर्नका निम्ती केन्टले विभिन्न किसिमका आकर्षक योजनाहरु पनि सोही कार्यक्रम मार्फत घोषणा गरेको थियो ।

केन्ट भारतको सर्वाधिक रुचाईयको तथा लोकप्रिय कम्पनी हो। जसका विभिन्न इलेक्ट्रीक उत्पादनहरु चौधरी ग्रुपको साझेदारीका रुपमा नेपालमा विक्री तथा वितरण भई आईहरेको छ। आगामी दिनहरुमा पनि चौधरी ग्रुपको सहकार्यमा अझै आक्रामक रुपमा बजार विस्तार गर्दै जाने केन्ट इलेक्ट्रीक र चौधरी ग्रुपका पदाधिकारीहरुले जनाए।

साथ साथै चौधरी ग्रुपले आफ्नै ब्राण्ड सि.जी. का पनि विभिन्न इलेक्ट्रीक सामानहरुको बारेमा जानकारी गराएको छ।

बजारमा केन्ट र सि.जी. इलेक्ट्रिकका विभिन्न सामनहरु जस्तै पंखा, मोडुलर स्विच, गिजर, हिटर, वल्भ, सेमि मोडुलर स्विच, आर.जि.बी.प्यान लाईट, सर्फेस प्यानल लाईट, एम.सि.बि., सब मिटर साथै अरु थुप्रै सामानहरु नेपालभरि सहुलियत मूल्यमा उपलब्ध रहेको जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार