भारतीय सरकारी टेलिकम कम्पनी बीएसएनएलले छिटै फोरजी नेटवर्क रोल आउट गर्ने

  • Technology Khabar | २२ फाल्गुन २०७८, आईतवार
भारतीय सरकारी टेलिकम कम्पनी बीएसएनएलले छिटै फोरजी नेटवर्क रोल आउट गर्ने

काठमाडौं ।

भारतीय सरकारी स्वामित्वको टेलिकम कम्पनी बीएसएनएलले लामो समयदेखि भारतीय बजारमा जियो, एयरटेल र भोडाफोन आइडीयालाई कडा चुनौती दिइरहेको छ।

यसैबीच अब कम्पनीले चाँडै आफ्नो फोरजी नेटवर्क रोल आउट गर्न गइरहेको छ। केहि समय पहिलेको एक रिपोर्टअनुसार भारत संचार निगम लिमिटेड (बीएसएनएल) ले यस वर्ष भारतको स्वतन्त्रता दिवस (१५ अगस्त) को आसपास आफ्नो चौथो पुस्ताको नेटवर्कको व्यावसायिक सेवा सुरु गर्न सक्छ।

अब एक नयाँ रिपोर्टमा भनिएको छ कि बीएसएनएलले ६ महिना भित्र आधिकारिक रूपमा भारतमा आफ्नो फोरजी सेवा सुरु गर्नेछ। फाइनान्सियल एक्सप्रेसको रिपोर्टअनुसार, कम्पनीले फेब्रुअरी २८ मा आफ्नो फोरजी नेटवर्कको लागि कोर नेटवर्क ट्रायल पूरा गरेको छ, जुन टाटा कन्सल्टेन्सी सर्भिसेजसँग भइरहेको थियो।

बीएसएनएल फोरजी इन्टरनेट डाटा

तर, अहिलेको लागि टेलिकम कम्पनीले रेडियो नेटवर्कको ट्रायल रन गरिरहेको छ, जुन सातदेखि १० दिनमा सम्पन्न हुनेछ। एक पटक बीएसएनएलले यी दुई परीक्षणहरू सफलतापूर्वक पूरा गरेपछि, यसले महानगरहरू र देशका अन्य प्रमुख शहरहरूमा फोरजी सेवा रोल आउट गर्न सक्षम हुनेछ। अर्कोतर्फ कम्पनीले फोरजी सेवा सञ्चालनका लागि करिब एक लाख साइट तयार गरेको जानकारी बाहिर आएको छ।

बीएसएनएल र टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) ले संयुक्त रूपमा फोरजी सेवाहरू प्रदान गर्नेछन्। यो पहिलो पटक फोरजी सेवाहरूको लागि भारतीय प्रविधि प्रयोग हुने बीएसएनएलका निर्देशक सुशील कुमार मिश्राले जानकारी दिएका छन् ।

भारतको केन्द्र सरकारले हालै टेलिकम क्षेत्रमा शतप्रतिशत प्रत्यक्ष विदेशी लगानी (एफडीआई) लाई स्वीकृति दिएको थियो। यससँगै सरकारले दूरसञ्चार कम्पनीहरूलाई स्पेक्ट्रम शुल्क र एजीआर शुल्कमा ४ वर्षसम्म सहुलियत रोक लगाउने निर्णय गरेको थियो।

भारतीय सरकारी टेलिकम कम्पनीले यदि समय भन्दा पहिले नै र निजी कम्पनीहरुले ५जी रोलआउट गर्नु अगाडी नै ४जी लन्च गरेको अवस्थामा बजारमा कडा प्रतिस्पर्धा हुने भारतीय मिडियाहरुले जनाएका छन्।

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार