अपडेटका माध्यमबाट गेमिङ एपको पर्फर्मेन्स बढाउँदै सामसङ

  • Technology Khabar | २२ फाल्गुन २०७८, आईतवार
अपडेटका माध्यमबाट गेमिङ एपको पर्फर्मेन्स बढाउँदै सामसङ

काठमाडौं ।

सामसङले केही ग्यालेक्सी फोनहरुमा आइरहेको एपहरुको सुस्त पर्फर्मेन्सलाई आंशिक रुपमा भए पनि सम्बोधन गर्ने भएको छ।

हालै द भर्जमा आएको रिपोर्ट अनुसार कम्पनीले यसको गेम अप्टिमाइजिङ सर्भिस अपडेट गरेर यूजरहरुलाई एपहरु अझ तीव्र बनाउन सघाउ पुर्याउने भएको हो।

हालै इन्ग्याजेटलाई उपलब्ध गराएको विज्ञप्तिमा सामसङले उक्त विकल्प सुझाव तथा गम्भीर सोचविचारका आधारमा भविष्यमा कुनै पनि बेला आउन सक्ने उल्लेख गरेको छ।

उक्त सेवाले गेमबाहेकका एपहरुलाई नसुधार्ने पनि कम्पनीले प्रस्ट पारेको छ।

यूजरहरुले सामसङलाई नेटफ्लिक्स तथा टिकटकजस्ता गैर-गेमिङ सफ्टवेयरको पर्फर्मेन्स बढाएर ३डीमार्क तथा गीकबेन्चजस्ता वास्तविक जीवनको झैं स्पीड आवश्यक हुने बेन्चमार्कहरुमा भने लागू नहुने बनाएको गुनासो गरेका छन्।

गेमिङ अप्टिमाइजेशन सर्भिस हाल ग्यालेक्सी एस२२ सिरिजमा उपलब्ध छ। यो सुविधायुक्त फोनहरुको यकिन विवरण नभए पनि यो सफ्टवेयर यसअघिका ग्यालेक्सी एस२१ लाइनअप तथा एस२० एफईमा पनि समावेश हुनसक्ने इन्ग्याजेटले जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार