एप्पलदेखि गुगलसम्म, यी ठूला टेक कम्पनीहरूले चाले रुसविरुद्ध कडा कदम

  • Technology Khabar | २२ फाल्गुन २०७८, आईतवार
एप्पलदेखि गुगलसम्म, यी ठूला टेक कम्पनीहरूले चाले रुसविरुद्ध कडा कदम

काठमाडौं ।

रुसले युक्रेनमा गरेको आक्रमणपछि विश्वभर तनाव छ। रुससँग आक्रोशित पश्चिमा देशले यसमाथि कडा प्रतिबन्ध लगाएसँगै ठूला टेक कम्पनीहरूले पनि यो देशविरुद्ध कदम चालेका छन्। यी कम्पनीहरू गुगल, एप्पल, माइक्रोसफ्ट र स्पेसएक्सदेखि लिएर ट्विटर, नेटफ्लिक्स र मेटासम्म छन्।

हेरौँ कुन टेक्नोलोजी कम्पनीले रुसविरुद्ध कुन कदम चालेको छ।

स्पेसएक्स: स्पेसएक्स प्रमुख इलन मस्कले रूसको आक्रमणको बेला युक्रेनमा आफ्नो स्टारलिंक स्याटेलाइट इन्टरनेट पुर्‍याएका थिए। यसको सहयोगमा युक्रेनको सञ्चार सञ्जालमा भएको हमलापछि पनि देशमा इन्टरनेट चलिरह्यो।

एप्पल: एप्पलले रसियामा आफ्ना सबै उत्पादनको बिक्री बन्द गर्ने घोषणा गरेको छ। यससँगै कम्पनीले उक्त देशमा आफ्नो एप स्टोर र एप्पल म्याप्समा ट्राफिक र लाइभ घटना अपडेटहरू पनि बन्द गरेको छ। रुस बाहिर पनि एप्पलले रुसी एप्स आरटी र स्पुतनिक एप स्टोरबाट हटाएको छ।

गुगल: गुगलले युक्रेनमा सार्वजनिक सुरक्षाको लागि आफ्नो म्याप्स एपमा लाइभ ट्राफिक डाटा र व्यस्तता तह बन्द गरेको बताएको छ। यसले युक्रेनी वेबसाइटहरूलाई रूसद्वारा डीडीओएस आक्रमणहरूबाट जोगाउन मद्दत गरिरहेको पनि रिपोर्ट गरेको छ।

माइक्रोसफ्ट: माइक्रोसफ्टले पनि विन्डोज एप स्टोरबाट आरटी एप हटायो र बिङ्गमा आरटी र स्पूत्निकको र्याकिंग हटायो। कम्पनीले युक्रेन विरुद्धको साइबर हमलालाई मान्यता दिएर युक्रेन सरकारलाई सचेत गराएको पनि घोषणा गरेको छ।

युट्युब: गुगलको भिडियो प्लेटफर्म युट्युबले रुसी राज्य मिडियाका च्यानलहरूको विज्ञापन र फिडहरूमा यी च्यानलहरू सिफारिस गर्न बन्द गरेको छ। यससँगै यसले आरटी र स्पूत्निक च्यानलहरू पनि बन्द गरेको छ ।

मेटा/फेसबुक: फेसबुकले रूसी राज्य संचालित मिडियाको लागि विज्ञापन बन्द गरेको छ। यससँगै प्लेटफर्मले यी पृष्ठहरूको मनिटाइजेसन पनि रोकेको छ। थप रूपमा, यी पेजहरूमा पोस्टहरू पनि “रूसी राज्य मिडिया” को रूपमा लेबल गरिनेछ।

ट्विटर: ट्विटरले रसियामा आफ्नो प्लेटफर्ममा विज्ञापनहरू देखाउन बन्द गरेको छ। सार्वजनिक सुरक्षासँग सम्बन्धित जानकारी प्लेटफर्ममा राम्ररी देख्न सकियोस् भनेर यो कदम चालिएको बताइएको छ। यसबाहेक, यो माइक्रोब्लगिङ वेबसाइटले सबै ट्वीटहरू राम्ररी समीक्षा गरिरहेको छ, ताकि गलत सूचना र हेरफेर आदि विरुद्ध कारबाही गर्न सकियोस्। यससँगै अब ट्विटरले ‘रसियाली राज्य मिडिया’ को पोस्टलाई पनि ट्याग गर्दैछ।

नेटफ्लिक्स: नेटफ्लिक्सले रुसी कानूनको उल्लङ्घन गर्दै २० रूसी राज्य च्यानलहरू आफ्नो प्लेटफर्ममा थप्न अस्वीकार गरेको छ। रिपोर्ट अनुसार, कम्पनीले सबै रूसी कार्यक्रम र परियोजनाहरू पनि बन्द गरेको छ।

सीडी प्रोजेक्ट रेड: यो गेम स्टुडियोले रूसमा आफ्नो पछिल्लो गेम साइबरपंक २०७७ को बिक्री बन्द गरेको छ। यो प्रतिबन्ध गेमको डिजिटल र भौतिक प्रतिलिपि दुवैमा लगाइएको छ।

सामसङः सामसङले पनि भर्खरै युक्रेनी मन्त्रिको अनुरोधलाई स्विकार गर्दै रुसमा आफ्ना सबै उत्पादनहरुको बिक्री बन्द गरेको घोषणा गरेको छ। सामसङ रुसमा सबैभन्दा धेरै बजार हिस्सा भएको ब्राण्ड हो। यस बाहेक युक्रेनमा मानविय सहायताका लागि ६० लाख डलर दिने घोषणा समेत गरेकोछ।

जीएसएमए: हालै, रूसी कम्पनीहरूलाई विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी शो – मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लूसी) मा प्रतिबन्ध लगाइएको थियो। रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनमाथि लगाइएको अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण यस्तो गरिएको कार्यक्रमको आयोजक जीएसएमएले जनाएको छ।

यस बाहेक पनि अन्य धेरै साना ठूला टेक कम्पनीहरुले रुसको विरुद्ध आफ्नो कदम चाल्दै सेवा तथा उत्पादनहरु बिक्री बितरण बन्द गरेको घोषणा गरेका छन्। एजेन्सीहरुको सहयोगमा

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार