
काठमाडौं ।
युक्रेनमा जारी युद्धको बीचमा फेसबुकलाई शुक्रबारदेखि रुसले प्रतिबन्ध लगाएको छ। रुसको सञ्चार नियामकले यो प्रतिबन्ध फेसबुकको प्लेटफर्ममा घरेलु मिडियामाथि लगाइएको प्रतिबन्धको प्रतिक्रिया भएको बताएको छ।
यसले अक्टोबर २०२० देखि फेसबुकद्वारा रूसी मिडिया विरुद्ध “भेदभाव” को २६ वटा घटना भएको बताएको बीबीसीले जनाएको छ।
शुक्रबार साँझ रुसी नियामक रोस्कोम्नाडजोरले ट्विटरको प्रयोगमा प्रतिबन्ध लगाएको पनि रिपोर्ट आएको थियो।
फेसबुकका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले भनेका छन्, “चाँडै नै लाखौं साधारण रुसीहरूले भरपर्दो जानकारीबाट आफूलाई टाढा पाउनेछन्”।
यसअघि ट्वीटरलगायतका प्लेटफर्मसहित फेसबुक देशमा सीमित मात्रामा संचालन भईरहेको थियो।
रिपोर्टकाअनुसार यसको प्रयोगमा प्रतिबन्ध लगाइए पनि फेसबुकलाई देशमा पूर्ण रूपमा रोकिएको थिएन।
शुक्रबार रूसी मिडियाले नियामकलाई उद्धृत गर्दै युक्रेनमा आक्रमण भएको दिन २४ फेब्रुअरीदेखि अभियोजक जनरलको अनुरोधपछि ट्विटरमा प्रतिबन्ध लगाइएको बताएका छन्।
रूसको मिडिया नियामकले एक विज्ञप्तिमा भन्यो, “अक्टोबर २०२० देखि, फेसबुक द्वारा रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभावको २६ घटनाहरू रेकर्ड गरिएको छ।”
प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार