रुसको गुगल भनेर चिनिने यान्डेक्सले आफ्नो ऋण तिर्न नसक्ने चेतावनी

  • Technology Khabar | २१ फाल्गुन २०७८, शनिबार
रुसको गुगल भनेर चिनिने यान्डेक्सले आफ्नो ऋण तिर्न नसक्ने चेतावनी

काठमाडौं ।

रुसको सबैभन्दा ठूलो सर्च इन्जिन युक्रेनमा रुसले गरेको आक्रमणबाट आर्थिक असर फैलिएपछि पतन हुने संभावना भएकोछ।

रुसको गुगल भनेर समेत चिनिने यान्डेक्स, जसले रूसमा लगभग ६० प्रतिशत इन्टरनेट खोज ट्राफिक ह्यान्डल गर्छ र ठूलो राइड-हेलिङ व्यवसाय सञ्चालन गर्दछ। बिहीबार कम्पनीले पश्चिमी देशहरुको अभूतपूर्व प्रतिबन्धहरूको कारण वित्तीय बजार मन्दीको परिणामकोरूपमा आफ्नो ऋण तिर्न असमर्थ हुन सक्ने बताएको सीएनएनले समाचारमा जनाएको छ।

कम्पनी नेदरल्याण्डमा आधारित छ, तर यसको शेयर नास्डाक र रूसी स्टक एक्सचेन्जमा सूचीबद्ध छन्। यस हप्ता रुसको स्टकमा कारोबार निलम्बित गरिएको छ किनभने रुसी सम्पत्तिको मूल्य मस्को र विश्वभर आक्रमणको कारणले पतन भयो।

संयुक्त राज्य अमेरिका, युरोपेली संघ र अन्य ठूला पश्चिमी अर्थतन्त्रहरूले गत साताको अन्त्यमा लगाएको प्रतिबन्धले दबाब सिर्जना गरेको छ। यान्डेक्सलाई प्रतिबन्धित गरिएको छैन तर कम्पनी अझै पनि डिफल्ट हुन सक्छ।

यान्डेक्सको कन्भर्टिभल नोटहरूमा १.२५ अर्ब डलर लगानी गर्ने लगानीकर्ताहरूले नास्डाकमा पाँच दिनभन्दा बढी समयसम्म कारोबार निलम्बित भएको खण्डमा यसको शेयरको कारोबारलाई पूर्ण रूपमा फिर्ता गराउन र ब्याज माग गर्ने अधिकार छ।

मस्को स्टक बजार कम्तिमा मंगलबारसम्म बन्द रहने रूसी राज्य समाचार एजेन्सीहरूले शुक्रबार रिपोर्ट गरे।

“यान्डेक्स समूहसँग समग्रमा नोटहरू पूर्णरूपमा रिडिम गर्नका लागि पर्याप्त स्रोतहरू छैनन्,” कम्पनीले एक विज्ञप्तिमा भन्यो।

रिपोर्टकाअनुसार पछिल्लो दिनमा रुसले पनि रकम बाहिर लैजान प्रतिबन्ध लगाएपछि कम्पनी थप समस्यामा परेको छ। कम्पनीले हाल कन्टिन्जेन्सी प्लानमा काम गरिरहेको बताएको छ।

यान्डेक्सको बजार मूल्य हाल १७.४ अर्ब डलर छ र कम्पनीले हालको मूल्यमा करिब ३ अर्ब डलर २०२१मा कमाएको बताईएको छ। यसकासाथै कम्पनीले उबरसँग मिलेर रुसमा नै राइड राइड-हेलिङ सेवा पनि प्रदान गर्दै आएको छ।

प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार