यूक्रेन सरकारले रुससँग लड्न एनएफटी बिक्री गर्ने

  • Technology Khabar | २१ फाल्गुन २०७८, शनिबार
यूक्रेन सरकारले रुससँग लड्न एनएफटी बिक्री गर्ने

काठमाडौं ।

यूक्रेन सरकारले रुससँग लड्ने सैन्य बलको कोष मजबुत राख्न एनएफटी जारी गर्ने भएको छ।

यो घोषणा यूक्रेनका उप प्रधानमन्त्री मिखाइलो फेदोरोभले गरेको र त्यसैसाता देशले युद्ध ऋणपत्रमार्फत् २० करोड पाउण्ड संकलन गरेको बीबीसीले जनाएको छ।

यी ऋणपत्रहरु यूक्रेनले रुसको आक्रमणविरुद्ध लड्न प्रयोगमा ल्याएका कोष संकलनका विधिहरुमध्ये एउटा हो। यूक्रेन सरकारले आकस्मिक सहयोगका लागि विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषसँग पनि आग्रह गरेको बुझिएको छ।

उप प्रधानमन्त्री फेदोरोभले ट्विटरमा एनएफटीहरु छिट्टै सार्वजनिक गरिने उल्लेख गरेका छन्। तर यसअघि रकम संकलनका लागि एनएफटी बिक्री गर्ने कुनै पनि योजना नभएको उनले बताएका छन्।

यो घोषणा यूक्रेन सरकारले आफ्ना सैन्य फाैजका लागि कोष संकलन गर्न डिजिटल सम्पत्तिलाई आधार बनाएको पछिल्लो उदाहरण भएको बीबीसीले समाचारमा जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार