एमडीएमएस वैशाखसम्ममा आउने, ओटीटीलाई नियमन गर्न माग

  • Technology Khabar | २० फाल्गुन २०७८, शुक्रबार
एमडीएमएस वैशाखसम्ममा आउने, ओटीटीलाई नियमन गर्न माग

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस प्रविधि वैशाख मसान्तसम्ममा पूर्ण रुपमा ल्याइसक्ने बताएका छन्।

प्राधिकरणको २४ औं वार्षिकोत्सवका अवसरमा बोल्दै अध्यक्ष खनालले एमडीएमएसमा भेन्डरको दर्ता शुरू भइसकेको बताए।

यसकासाथै अध्यक्ष खनालले दूरसञ्चार पूर्वाधार छिटो बनाउनुपर्ने तथा डिजिटल कन्भर्जेन्समा काम गरिनुपर्नेमा पनि जोड दिए।

छुट्टै पुर्वाधार कम्पनी ल्याउन काम गरिँदै गरेको जानकारी दिँदै अध्यक्ष खनालले सूचना महामार्गको काम यो आर्थिक वर्षमा ६० प्रतिशत सक्ने दावी पनि गरे।

यसबाहेक उनले अन्तरनिकाय समन्वयन नभएकोले त्यसलाई मिलाउन मन्त्रीलाई अनुरोध गर्दै यूटिएलको काम पनि शुरू गराउनुपर्ने बताए।

अध्यक्ष खनालले कम्पनीहरूको आयमा भएको कमीले राजस्व कम भएका कारण ओटीटीलाई कानूनी व्यवस्था गरिनुपर्ने विचार पनि व्यक्त गरे।

गत वर्षको मंसिरमै एमडीएमएस उपकणहरु राख्न प्राधिकरणले चाबहिलमा भवन बनाउन टेन्डर आह्वान गरेको थियो।

यसका लागि किँरातेश्वर कन्सट्रक्सन एण्ड ड्रिलिङ्ग कम्पनीलाई प्रिफ्याब भवन बनाउन २ करोड ८० लाख ७३ हजार ४९६.७५ रुपैयाँको टेण्डर दिइएको थियो।

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार