यूक्रेनमा स्टारलिंक सिस्टमलाई लक्षित गर्न सकिने इलन मस्कको भनाई

  • Technology Khabar | २० फाल्गुन २०७८, शुक्रबार
यूक्रेनमा स्टारलिंक सिस्टमलाई लक्षित गर्न सकिने इलन मस्कको भनाई

काठमाडौं ।

स्पेसएक्सका सीईओ इलन मस्कले यूक्रेनमा स्टारलिंक सिस्टममा लक्षित गरेर हमला हुन सक्ने चेतावनी दिएका छन्।

उक्त चेतावनी एक इन्टरनेट सुरक्षा अनुसन्धाताले स्याटेलाइट कम्युनिकेशनका लागि प्रयोग भएका डिभाइसहरुमा रुसको हवाई हमलाको लक्ष्य हुनसक्ने चेतावनीपछि आएको हो।

‘महत्वपूर्ण चेतावनी: स्टारलिंक यूक्रेनका केही भागहरुका सञ्चालनमा आएका एक मात्र गैर-रुसी कम्युनिकेशन सिस्टम हो, त्यसैले यो रुसी हमलाको लक्ष्यमा पर्ने जोखिम उच्च छ। सावधानी अपनाउनुहोला’, मस्कले ट्वीटमा लेखेका छन्।

उनले प्रयोगकर्ताहरुलाई स्टारलिंक आवश्यक पर्दा मात्र अन गर्न, यसको एन्टेना मानिसहरुबाट सकेसम्म टाढा राख्न साथै एन्टेनालाई झट्ट देखिनबाट जोगाउन हल्का ढकनी प्रयोग गर्न पनि आग्रह गरेका छन्।

शनिबार मस्कले स्टारलिंक यूक्रेनमा एक्टिभेट भएको र स्पेसएक्सले यूक्रेनमा थप एन्टेनाहरु पठाइरहेको बताएका थिए। उनले यो जानकारी यूक्रेनका सरकारी अधिकारीले ती सिस्टम पठाइदिन आग्रह गरेसँगै दिएका हुन्।

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार