
काठमाडौं ।
वालमार्टले अनलाइन खरिदकर्ताका लागि एआई पावरयुक्त भर्चुअल क्लोदिङ ट्राइ अन प्रविधि सार्वजनिक गरेको छ।
गत वर्षको मे महिनामा वालमार्टले भर्चुअल क्लोदिङ ट्राइ-अन स्टार्टअप जीकितको स्वामित्व ग्रहण गरेको घोषणा गरेको थियो।
यसबाट रियल टाइम इमेज प्रोसेसिङ, कम्प्युटर भिजन, डीप लर्निङ तथा अन् एआई प्रविधिहरुको संयोजनमार्फत् खरिदकर्ताहरुलाई उत्पादनहरु छान्न सहयोग पुग्ने अपेक्षा गरिएको थियो।
यसमा शरीरको आयाम, फिट, साइज तथा कपडाको रेशासमेतलाई ध्यानमा राखेर भर्चुअल रुपमा नै कपडा लगाएर हेर्ने र त्यसपछि खरिदको लागि अघि बढ्न सकिने सुविधा छ।
यही प्रविधि वालमार्टले आधिकारिक रुपमा बिहीबार वालमार्ट डटकम तथा वालमार्ट मोबाइल एपमा सार्वजनिक गरेको हो।
कम्पनीले कम्प्युटर भिजन न्यूरल नेटवर्कबाट चल्ने हाल बिटा भर्सनमा रहेको ‘चूज माइ मोडल’ ट्राइ अन फिचर ल्याएको हो। यसले वालमार्टका उपभोक्तालाई आफ्ना शरीरको प्रकार तथा बनावट अनुसार सुहाउने मोडल छान्न सहयोग पुर्याउने टेकक्रन्चले जनाएको छ।
प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार