एपिक गेम्सद्वारा ब्याण्डक्याम्पको स्वामित्व ग्रहण

  • Technology Khabar | २० फाल्गुन २०७८, शुक्रबार
एपिक गेम्सद्वारा ब्याण्डक्याम्पको स्वामित्व ग्रहण

काठमाडौं ।

फोर्टनाइट गेम निर्माता कम्पनी एपिक गेम्सले संगीत डाउनलोड साइट ब्याण्डक्याम्पको स्वामित्व ग्रहण गरेको भएको छ।

संगीत डाउनलोड साइट ब्याण्डक्याम्पले उक्त सम्झाैताका बारेमा आफ्नो ब्लगमा उल्लेख गरेको हो।

स्वामित्व एपिक गेम्समा गए पनि सह-संस्थापक तथा सीईओ एथन डायमन्डको नेतृत्वमा कम्पनीले स्वतन्त्र संस्थाका रुपमा काम गर्ने पनि उक्त ब्लग पोस्टमा उल्लेख गरिएको टेकक्रन्चले जनाएको छ।

‘हामी विश्वमा सबैभन्दा खुला, कलाकारमैत्री इकोसिस्टम साझा गर्न चाहन्छाैं र दुवै कम्पनी मिलेर कलाकारहरुलाई आफ्ना कामका लागि न्यायसंगत रुपमा क्षतिपूर्ति दिनका लागि अझ धेरै अवसरहरु सिर्जना गर्न सक्षम हुनेछाैं’, डायमन्डले ब्लगमा लेखेका छन्।

यो सम्झाैतापछि पनि ब्यान्डक्याम्पको बजार, समुदाय तथा द डेली शीर्षकको सम्पादकीय सामग्रीको सञ्चालन ब्यान्डक्याम्पले नै गर्ने बुझिएको छ। कम्पनीले आफ्नो ब्यान्डक्याम्प फ्राइडे पनि योजना अनुरुप नै सञ्चालन गर्ने बताएको छ।

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार